३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- गाउँ सहर संवाददाता
- ३१ असोज शनिबार, २०८३ | १९:५१:०० मा प्रकाशित
काठमाडौँ। नेपाल टेलिकमले रु. ४ हजार ९९९ बराबरको ३० एमबीपीएस (Mbps) इन्टरनेट प्याकेजसम्बन्धी विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल दूरसञ्चार प्राधिकरण, जमल, काठमाडौँबाट २०८३ असोज ३० गते इन्टरनेट सेवा प्रदायकहरूले प्राप्त गरेको अनुमति पत्रका सर्तविपरीत काम गरेको भन्ने विषयमा जारी प्रेस विज्ञप्तिलाई आधार मानेर तथ्यभन्दा फरक समाचार सम्प्रेषण भएको उल्लेख गरेको छ।
नेपाल टेलिकमले विगतदेखि नै सञ्चालन गर्दै आएका प्याकेजहरूको स्वीकृतिका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्दै आएको जनाएको छ। कम्पनीका अनुसार २०८३ असोज ३० गते अफरका रूपमा सञ्चालनमा ल्याइएको प्याकेजबारे प्राधिकरणलाई जानकारी गराइसकिएको छ।
उक्त प्याकेज विद्यार्थी अफरका रूपमा यसअघि नै प्राधिकरणलाई जानकारी गराएर सञ्चालनमा ल्याइएको अफरसमेत भएको कम्पनीले स्पष्ट पारेको छ।
त्यसैले विभिन्न सञ्चारमाध्यममा आएका ३० एमबीपीएसको एफटीटीएच प्याकेज, रु. ४ हजार ९९९ बराबरको सस्तो प्याकेजको स्वीकृति तथा सञ्चालनसम्बन्धी समाचारका विषयमा कुनै भ्रममा नपर्न नेपाल टेलिकमले सरोकारवाला सबैमा अनुरोध गरेको छ।
नेपाल टेलिकमले नेपाल सरकारको स्वीकृत नीति तथा कानुनको परिधिभित्र रहेर कार्य गरिरहेको र कानुन पालना गर्न सधैँ प्रतिबद्ध रहेको पनि विज्ञप्तिमार्फत जनाएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
प्रतिकृया दिनुहोस