सडक/यातायात

सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता

खोटाङ। काठमाडौँ–खोटाङ चल्ने सुमो गाडी सिन्धुलीको फिक्कल गाउँपालिका–६ स्थित सडकबाट सुनकोसी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।

को १ ज २९७६ नम्बरको सुमो शनिबार राति करिब २ः३० बजे सडकबाट २०० मिटर तल नदीमा खसेको प्रहरीले जनाएको छ। गाडीमा चालकसहित १० जना सवार थिए।

दुर्घटनामा चार जनाको उद्धार गरी उपचारका लागि सिन्धुली अस्पताल पठाइएको छ। मृत्यु भएका तीनै महिला र बेपत्ता तीन जनाको पहिचान खुल्न सकेको छैन। बेपत्ताको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत