दैनिक नयाँ कीर्तिमान कायम गर्दै नेप्से, कुलमानकाे चर्चाले हाइड्रोमा आकर्षण
- गाउँ सहर संवाददाता
- २० श्रावण बुधबार, २०७८ | १५:४३:०० मा प्रकाशित
काठमाडाैं । दैनिक नयाँ कीर्तिमान कायम गर्न थालेको शेयर बजार मापक नेप्से सूचक बुधबार पनि बढेर नयाँ कीर्तिमान कायम गरेकाे छ ।
बुधबार नेप्से परिसूचक १२.०५ अंकले वृद्धि भइ ३१२३.१५ अंकमा पुगेको छ ।
यो दिन २ करोड ८८ लाख १३ हजार ८३१ कित्ता सेयर १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१ रुपैयाँमा कारोबार भएको छ । यो दिन १११ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १०१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १३ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
बुधबार ११ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ जसमा अधिकाँश हाइड्रोपावर कम्पनी रहेका छन्।
बुधबार अपि पावर, खानिखोला हाइड्रोपावर, दिब्यश्वरी हाइड्रोपावर, कालिका पावर, अपर तामाकोशी, घलेम्दी हाइड्रोपावर र युनियन लाइफ इन्स्योरेन्सको शेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ।
यता ङादी ग्रुप पावरको शेयरमूल्य सबैभन्दा धेरै ५.३८ प्रतिशतले घटेको छ भने लक्ष्मी इक्वीटि फण्डको ४.७५ प्रतिशत, पोखरा फइनान्सको ४.५१ प्रतिशत, विजय लघुवित्तको ४.३५ प्रतिशत र नेरुडे लघुवित्तको शेयरमूल्य ४.३२ प्रतिशतले घटेको छ।
बुधबार अपि पावरको सबैभन्दा धेरै ७९ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
यो दिन उपसमूहतर्फ जलविद्युतमा लगानीकर्ताको आकर्षण देखिएको छ । जलविद्युतको उपसमूहमा ५.८१ प्रतिशत वृद्धि देखिएको छ ।
त्यसैगरी विकास बैंक, फाइनान्स उपसमूहमा पनि वृद्धि देखिएको छ ।
बुधबार हाइड्रोपावर कम्पनीहरुमा लगानीकर्ताको सबैभन्दा धेरै आकर्षण देखिएको छ । कुलमान घिसिङ प्राधिकरणकाे कार्यकारी निर्देशक बन्ने खबरले पनि उत्साह थपिएकाे देखिन्छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
प्रतिकृया दिनुहोस