सेवा
स्थानीय तहहरूलाई पनि कम्पनी दर्ता गर्न र शेयर खरिद गरी स्वामित्व लिन सक्ने बाटो खुला
- गाउँ सहर संवाददाता
- २६ बैशाख शनिबार, २०८३ | १०:१०:०० मा प्रकाशित
काठमाडौँ । कम्पनी रजिस्ट्रारको कार्यालयले स्थानीय तहहरूलाई पनि कम्पनी दर्ता गर्न र शेयर खरिद गरी स्वामित्व लिन सक्ने बाटो खुला गरेको छ ।
कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न स्थानीय तहहरूबाट सौर्य ऊर्जा लगायतका क्षेत्रमा कम्पनी स्थापना र शेयर लगानीका लागि अनुरोध भई आएको सन्दर्भमा यस्तो निर्णय गरिएको जनाएको छ ।
कम्पनी रजिस्ट्रारको कार्यालयको निर्णयअनुसार अब स्थानीय तहले प्रचलित कानुन बमोजिम निश्चित सर्तहरू पुरा गरी कम्पनी दर्ता गर्न र शेयर खरिद गरी कम्पनीको स्वामित्व लिन सक्ने थप व्यवस्था गरिएको छ ।
यस्ताे छ सूचना-
- स्थानीय तहले यस सम्बन्धमा आफ्नै कानुन बनाएर निर्णय गर्नुपर्नेछ ।
- कम्पनी ऐन, २०६३ र सम्बन्धित अन्य प्रचलित कानुनहरू बमोजिम प्रक्रिया पुरा गर्नुपर्नेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
प्रतिकृया दिनुहोस