खेल

एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि

काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि टिकट मूल्य निर्धारण गरेको छ।

क्यानले आज सार्वजनिक गरेको विवरणअनुसार लिग चरणका खेलका लागि सामान्य टिकटको मूल्य ५०० रुपैयाँ र प्रिमियम टिकटको मूल्य एक हजार रुपैयाँ तोकिएको छ।

त्यस्तै, एलिमिनेटर तथा फाइनल खेलका लागि सामान्य टिकटको मूल्य एक हजार रुपैयाँ र प्रिमियम टिकटको मूल्य दुई हजार रुपैयाँ निर्धारण गरिएको क्यानले जनाएको छ।

क्यानका अनुसार एनपिएलका टिकट आज साँझ ८ बजेदेखि इसेवामार्फत खरिद गर्न सकिनेछ।

तेस्रो संस्करणको एनपिएल कात्तिक ९ गतेदेखि सुरु हुँदैछ। प्रतियोगितामा सहभागी टोलीबीचको प्रतिस्पर्धा हेर्न दर्शकले निर्धारित मूल्यमा टिकट खरिद गर्न सक्नेछन्।

गाउँ सहर संवाददाता

तपाईँको मत