एनपीएलको विजेतालाई १ करोड ५० लाख
- गाउँ सहर संवाददाता
- ८ कार्तिक आइतबार, २०८३ | १७:१५:०० मा प्रकाशित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको विजेताले १ करोड ५० लाख रुपैयाँ नगद पुरस्कार पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराएको हो ।
प्रतियोगिताको उद्घाटन खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा क्यानका कोषाध्यक्ष पदम खड्काले एनपीएलको आम्दानीमा वृद्धि भएकाले पुरस्कार राशि पनि बढाइएको जानकारी दिए ।
'यस सिजन प्रायोजन (स्पोन्सरसिप) बाट २० करोड र टिकटिङ तथा प्रसारण अधिकार (ब्रोडकास्टिङ) बाट ७० करोड रुपैयाँभन्दा बढी आम्दानी हुने अपेक्षा गरेका छौँ । एक महिनासम्म चल्ने प्रतियोगिता अवधिभर एनपीएलको कुल (ग्रोस) आम्दानी १ अर्ब ५० करोड रुपैयाँ पुग्ने अनुमान छ,' खड्काले भने, 'यसैको परिणामस्वरूप पुरस्कार राशिमा पनि वृद्धि गरिएको हो ।'
यसअघि एनपीएलको पहिलो र दोस्रो सिजनका विजेताले १ करोड रुपैयाँ पुरस्कार पाएका थिए ।
त्यस्तै, यसपटक दोस्रो, तेस्रो र चौथो हुने टोलीले क्रमशः ८० लाख, ४० लाख र ३० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
प्रतिकृया दिनुहोस