झिनाे अंकले बढ्याे शेयरबजार, काराेबार रकम एघार अर्ब नजिक
- गाउँ सहर संवाददाता
- १८ श्रावण सोमबार, २०७८ | १५:३७:०० मा प्रकाशित

काठमाडाैं । साेमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनाे अंकले बढेकाे छ ।
यसदिन नेप्से ४.०४ अंकले बढेर ३०८५.०७ अंकमा पुगेको छ ।
२२६ कम्पनीको १ लाख ५ हजार पटकको कारोबारमा १० अर्ब ९८ करोड ३५ लाख ९९ हजार रुपैयाँ बराबरको २ करोड १८ लाख ९४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
आज घलेम्दी हाइड्रो लिमिट, गुरास लघुवित्त वित्तीय संस्था, फ्रस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक र यूनिभर्सल पावर कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।
नेपाल हाइड्रो डेपलपर्स र यूनाईटेड आईडीआई मार्दी आरबी हाइड्रोपावरको सेयर ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।
कारोबार रकमका आधारमा अरुण कावेली पावर शीर्ष स्थानमा रहेको छ । जसकाे ३७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।
यस दिन काराेबार अवधिमा नेप्से ३१०० विन्दुसम्म पुगेकाे थियाे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस