खेल
वेष्ट इन्डिज ‘ए’ ले दियाे जितका लागि नेपाललाई १६१ रनको लक्ष्य
- गाउँ सहर संवाददाता
- १६ बैशाख आइतबार, २०८१ | १३:५२:०० मा प्रकाशित
काठमाडौं । दोस्रो टी-२० खेलमा वेष्ट इन्डिज ‘ए’ ले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ ।
टीयु क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको वेष्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनायो ।
वेष्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाए । कप्तान रोस्टन चेज २३, केसी काटी १०, जोनसन चार्ल्स ११ र एलिक अथान्ज ६ रनमा आउट भएका थिए ।
गुडाकेश मोती ८ बलमा ३१ र म्याथ्यु फर्ड ६ बलमा ११ रनमा अविजित रहे । वेष्ट इन्डिज ‘ए’ ले पछिल्लो दुई ओभरमा ४१ रन जोड्यो ।
बलिङमा नेपालका स्पिनर हाबी भए । स्पिनर कुशल भुर्तेल र सागर ढकालले २-२ विकेट लिए । सोमपाल कामीले एक विकेट लिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेप्सेमा सामान्य अंकको सुधार, ३ अर्ब १५ करोडको कारोबार
- प्रभु बैंकका ग्राहकलाई चिरायु नेशनल हस्पिटलमा छुट
- ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान
- रेमिट्यान्स भित्रिने क्रम बढ्दाे, यस्ताे छ देशकाे अर्थ-स्वास्थ्य
- सगरमाथाको पर्याय कामीरिता शेर्पा, जाे आफ्नै रेकर्ड ताेड्दै २९औं पटक पुगे चुचुरोमा
- भरतपुरमा विद्यार्थी लिन गएको बसमा आगजनी
- राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालले दिए राजीनामा
- काठमाडौंसहित आज देशभर वर्षा हुने, कतै कतै भारीसम्म सम्भावना
- प्रधानमन्त्री प्रचण्डको राजीनामा मागसहित केसीले थाले पशुपतिमा अनशन
- रवि लामिछानेमाथि छानबिन गर्न समिति नबनाए संसद् चल्न नदिने कांग्रेस बैठकको निष्कर्ष
प्रतिकृया दिनुहोस