सिटिजन लाइफ इन्स्याेरेन्सद्वारा १३ लाखकाे बीमा दाबी भुक्तानी
- गाउँ सहर संवाददाता
- ७ बैशाख मंगलबार, २०७८ | २१:१६:०० मा प्रकाशित
चन्द्रगढी, झापा । सिटिजन लाइफ इन्स्याेरेन्स कम्पनीले १३ लाख रूपैयाँ बराबरकाे बीमा दाबी भुक्तानी गरेकाे छ ।
कम्पनीले स्वर्गीय भिमल सिंह आलेमगरले बीमा गरेवापत बीमा रकम भुक्तानी गरेकाे हाे ।
कम्पनीकाे चन्द्रगढी शाखा प्रमुख बिपिन राइले बीमा रकम वापतकाे चेक आलेमगरकाे श्रीमती भगवती थापामगरलाई हस्तान्तरण गरेका हुन् ।
स्वर्गीय बीमितद्वारा सिटिजन लाइफ इन्स्याेरेन्समा बीमा गरि वैदेशिक राेजगारकाे क्रममा दुबइमा काेभिड-१९ संक्रमण भई मृत्यु भएकाे थियाे ।
उक्त बीमांक रकमसहित काजकिरिया खर्च तथा अन्य खर्च गरि जम्मा १३ लाख बराबरकाे चेक मृतककाे श्रीमती थापामगरलाई हस्तारण गरिएकाे हाे ।
साे अवसरमा बीमा रकमकाे चेक बुझ्दै थापामगरले शाेककाे घडीमा बीमा रकमले खर्च घरायसी व्यवस्थापन र अन्य केही सानाेतिनाे इलम तथा व्यवसाय गर्न पनि सहयाेग पुगेकाे बताउँदै बीमा भनेकाे सुख दु:खकाे साथी रहेछ भन्ने महसुस भएकाे बताइन् ।
चन्द्रगढी शाखा प्रमुख राइले मृतक आत्माकाे चिरशान्तिकाे कामना गर्दै शाेक सम्तप्त परिवारमा समवेदना प्रकट गर्दै दु:खद घडीमा कम्पनीले छिटाे र सहजरूपमा दाबी भुक्तानी गरि बीमाप्रति जनविश्वास बढाउँदै सदैव उत्कृष्ट सेवा प्रदान गर्न कम्पनी सधैँ बीमितकाे साथ रहेकाे प्रतिबद्धता गरे ।
स्मरण रहाेस् आइपिओ निष्कासनकाे तयारीमा रहेकाे सिटिजन लाइफ इन्स्याेरेन्स कम्पनीले १ सय २५ शाखबाट बीमितलाई सेवा प्रदान गर्दै आएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
प्रतिकृया दिनुहोस