सिटिजन लाइफद्वारा केपिएमजी परामर्शदाता नियुक्त
- गाउँ सहर संवाददाता
- १४ जेठ बिहीबार, २०८३ | ०७:५५:०० मा प्रकाशित
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले प्रतिष्ठित परामर्शदाता केपिएमजी अस्योरेन्स एन्ड कन्सल्ट्यान्टिङ सर्भिसेज एलएलपीलाई 'नेपाल वित्तीय प्रतिवेदन मान' कार्यान्वयन परामर्शदाता नियुक्त गरेको छ।
नेपाल बीमा प्राधिकरणको स्वीकृतिपश्चात् 'नेपाल वित्तीय प्रतिवेदन मान' कार्यान्वयनलाई प्रभावकारी, व्यवस्थित तथा अन्ताराष्ट्रियस्तरको बनाउन कम्पनीले साढे ३ वर्षका लागि नियुक्ति गरेको हो।
केपिएमजीले अस्योरेन्स, कन्सल्टिङ, ट्यTक्स तथा रिस्क एडभाइजरी सेवामा उच्चस्तरीय विशेषज्ञता प्रदान गर्दै आएको छ। बलियो अन्ताराष्ट्रिय सञ्जाल, अनुभवी जनशक्ति, उच्च नैतिक मानक तथा नवीनतम अन्ताराष्ट्रिय अभ्यासमा आधारित कार्यशैलीका कारण केपिएमजी विश्वभरका बैंक, बीमा कम्पनी तथा ठूला संस्थाका लागि विश्वसनीय र साझेदारका रूपमा परिचित छ।
‘अन्ताराष्ट्रिय वित्तीय प्रतिवेदन मान' र 'नेपाल वित्तीय प्रतिवेदन मान' जस्ता जटिल वित्तीय प्रतिवेदन मापदण्ड कार्यान्वयनमा केपिएमजीको अन्ताराष्ट्रिय अनुभव तथा प्राविधिक दक्षता निकै महत्वपूर्ण रहेको छ। दक्षिण एशियामा यसशक्त उपस्थिति तथा स्थानीय बजारबारे जानकार रहेको उक्त संस्थाको नेपालजस्ता विकासोन्मुख बजारमा परामर्श सेवाप्रति उच्च विश्वास र स्वीकार्यता स्थापित भएको छ।
प्रारम्भिक कार्यान्वयन चरण तथा त्यसपछि तीन वर्षसम्म पोस्ट–इम्प्लिमेन्टेशन सपोर्ट सेवा समावेश हुनेछ। यसले प्रणालीको दीर्घकालीन स्थायित्व, निरन्तर प्राविधिक सहयोग तथा संस्थागत दक्षताको दिगो विकास सुनिश्चित गर्ने कम्पनीको विश्वास छ।
यस पहलले सिटिजन लाइफ इन्स्योरेन्सलाई अन्ताराष्ट्रिय लेखा तथा वित्तीय प्रतिवेदन मापदण्डअनुरूप अझ सुदृढ, पारदर्शी तथा विश्वसनीय बीमा संस्थाको रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
नेपालको जीवन बीमा क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबीच सिटिजन लाइफले उल्लेखनीय बजार विस्तार गर्न सफल भएको छ। कम्पनीका अनुसार हाल देशभर १३५ भन्दा बढी शाखा तथा उपशाखामार्फत सेवा प्रवाह भइरहेको छ। कम्पनीसँग ३८ हजार ४३१ भन्दा बढी सक्रिय बीमा अभिकर्ता आबद्ध रहेका छन् भने ९ लाख ७ हजारभन्दा बढी बीमित ग्राहक कम्पनीसँग जोडिएका छन्। कम्पनीले हाल ११ प्रकारका जीवन बीमा योजना सञ्चालन गरिरहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
प्रतिकृया दिनुहोस