ग्राहकको विश्वासले सिटिजन लाइफको अन्तर्राष्ट्रिय सफलता, नेपालकै बीमा क्षेत्र गौरवान्वित
- गाउँ सहर संवाददाता
- ४ जेठ सोमबार, २०८३ | १९:२३:०० मा प्रकाशित
काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रमा छोटो समयमै आक्रामक विस्तार र भरोसायोग्य सेवामार्फत छुट्टै पहिचान बनाएको सिटिजन लाइफ इन्स्याेरेन्सले अन्तर्राष्ट्रियस्तरको प्रतिष्ठित सम्मान हात पारेको छ। कम्पनी ‘छैटौँ इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड्स २०२५’ अन्तर्गत ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर–नेपाल’ बाट सम्मानित भएको हो।
थाइल्यान्डको बैंककमा इन्डियन चेम्बर अफ कमर्श (आईसीसी) द्वारा आयोजित भव्य समारोहमा उक्त पुरस्कार घोषणा गरिएको थियो। अन्तर्राष्ट्रिय बीमा क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने संस्थालाई प्रदान गरिने यो सम्मानले सिटिजन लाइफको वित्तीय सुदृढता, ग्राहकप्रतिको विश्वास, डिजिटल रूपान्तरण तथा बीमा पहुँच विस्तारको यात्रालाई विश्वमञ्चमा पुनः स्थापित गरेको कम्पनीको भनाइ छ।
पुरस्कारस्वरूप प्राप्त ट्रफी तथा प्रमाणपत्र कम्पनीको केन्द्रीय कार्यालयमा विशेष समारोहबीच ग्रहण गरिएको थियो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाेषकराज पाैडेलले यो सम्मान सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी तथा शुभेच्छुकहरूको सामूहिक मेहनत र विश्वासको प्रतिफल भएको बताए।
उनले भने, “हामीप्रति ग्राहकले देखाउनुभएको अटुट विश्वास, अभिकर्ता साथीहरूको अथक परिश्रम र कर्मचारी टोलीको समर्पणकै कारण आज सिटिजन लाइफ अन्तर्राष्ट्रिय स्तरमा सम्मानित हुन सफल भएको हो। यो उपलब्धि सम्पूर्ण सिटिजन परिवारको हो।”
छोटो समयमै बलियो उपस्थिति
नेपालको जीवन बीमा क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबीच सिटिजन लाइफले उल्लेखनीय बजार विस्तार गर्न सफल भएको छ। कम्पनीका अनुसार हाल देशभर १३५ भन्दा बढी शाखा तथा उपशाखामार्फत सेवा प्रवाह भइरहेको छ। कम्पनीसँग ३८ हजार ४३१ भन्दा बढी सक्रिय बीमा अभिकर्ता आबद्ध रहेका छन् भने ९ लाख ७ हजारभन्दा बढी बीमित ग्राहक कम्पनीसँग जोडिएका छन्।
कम्पनीले हाल ११ प्रकारका जीवन बीमा योजना सञ्चालन गरिरहेको जनाएको छ। बालबालिकादेखि युवा, व्यवसायी तथा ज्येष्ठ नागरिकसम्मलाई लक्षित योजनाले बजारमा राम्रो आकर्षण प्राप्त गरिरहेको कम्पनीको दाबी छ। बचत र सुरक्षालाई एकैसाथ जोड्ने योजनाका कारण सर्वसाधारणबीच जीवन बीमाप्रतिको आकर्षण बढ्दै गएको कम्पनीले जनाएको छ।
प्रविधिमैत्री सेवामा जोड
पछिल्लो समय सिटिजन लाइफले डिजिटल प्रविधिमार्फत सेवा विस्तारलाई प्राथमिकतामा राखेको छ। अनलाइनमार्फत बीमा शुल्क भुक्तानी, पोलिसी विवरण हेर्ने सुविधा, डिजिटल ग्राहक सहायता प्रणाली तथा छिटो दाबी भुक्तानी प्रक्रियाले सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाएको कम्पनीको भनाइ छ।
बीमा क्षेत्रमा डिजिटल रूपान्तरणलाई तीव्रता दिने उद्देश्यसहित कम्पनीले आधुनिक प्रणाली लागू गर्दै आएको छ। केही महिनाअघि सम्पन्न ‘मिड–इयर बिजनेस स्ट्राटेजी कन्फ्रेन्स’ मा समेत कम्पनीले प्रविधिमैत्री सेवा विस्तार, पारदर्शिता तथा ग्राहक केन्द्रित योजनालाई आगामी रणनीतिक प्राथमिकतामा राखेको जनाएको थियो। कार्यक्रममा लक्ष्य पूरा गर्ने ४८ शाखा प्रमुखलाई सम्मान गरिएको थियो।
सामाजिक उत्तरदायित्वमा सक्रिय
बीमा व्यवसायसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई पनि कम्पनीले निरन्तरता दिँदै आएको छ। स्वास्थ्य शिविर, रक्तदान, विपन्न समुदायलाई सहयोग, बीमा सचेतना अभियान तथा ग्रामीण क्षेत्रमा जीवन बीमाको पहुँच विस्तारका कार्यक्रममार्फत कम्पनी सामाजिक गतिविधिमा सक्रिय देखिएको छ।
विशेषगरी ग्रामीण तथा कम पहुँच भएका समुदायसम्म बीमाको महत्व पुर्याउने उद्देश्यले सञ्चालन गरिएका अभियानले सर्वसाधारणमा जीवन बीमाप्रतिको चेतना अभिवृद्धि गर्न सहयोग पुगेको कम्पनीको विश्वास छ। “समृद्धिको सहयात्री” भन्ने अवधारणासहित कम्पनीले हरेक नेपाली परिवारमा आर्थिक सुरक्षा र भविष्यप्रतिको भरोसा स्थापित गर्ने लक्ष्य राखेको जनाएको छ।
कर्मचारी र अभिकर्ता विकासमा प्राथमिकता
कम्पनीले आफ्ना कर्मचारी तथा अभिकर्ताको क्षमता अभिवृद्धिलाई पनि विशेष प्राथमिकता दिएको छ। नियमित तालिम, नेतृत्व विकास कार्यक्रम, प्रेरणामूलक सम्मेलन तथा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ता र कर्मचारीलाई सम्मान गर्ने संस्कृतिले संस्थागत संरचनालाई थप मजबुत बनाएको कम्पनीको दाबी छ।
बीमा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन र आधुनिक कार्यसंस्कृतिलाई प्राथमिकतामा राख्दै सिटिजन लाइफले आफ्नो सेवा नेटवर्कलाई अझ प्रभावकारी बनाउने योजनामा काम गरिरहेको जनाएको छ।
अन्तर्राष्ट्रिय सम्मानले बढायो विश्वसनीयता
बीमा क्षेत्रमा प्राप्त अन्तर्राष्ट्रिय सम्मानले कम्पनीप्रति ग्राहकको विश्वास अझ सुदृढ भएको विश्लेषण गरिएको छ। नेपालको निजी जीवन बीमा क्षेत्रमा तीव्र गतिमा अघि बढिरहेको सिटिजन लाइफले आगामी दिनमा अझ सुरक्षित, भरपर्दो, आधुनिक तथा प्रविधिमैत्री सेवा विस्तार गर्दै हरेक नेपालीको सुख–दुःखको सहयात्री बन्ने प्रतिबद्धता जनाएको छ।
बीमा बजारमा बढ्दो प्रतिस्पर्धाबीच अन्तर्राष्ट्रिय मञ्चमा प्राप्त यो उपलब्धिलाई कम्पनीको दीर्घकालीन रणनीति, ग्राहक केन्द्रित सोच र नवप्रवर्तनमुखी सेवाको परिणामका रूपमा हेरिएको छ।
अन्तर्राष्ट्रिय पुरस्कारसँगै सिटिजन लाइफ इन्स्याेरेन्सले अब नेपाली जीवन बीमा क्षेत्रलाई विश्वस्तरमा चिनाउने अर्को अवसर प्राप्त गरेको बीमा क्षेत्रका जानकारहरू बताउँछन्।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
प्रतिकृया दिनुहोस