उत्पीडित समुदायलाई राजनीतिक रूपमा संगठित हुन रिजवान अन्सारीको आह्वान
- गाउँ सहर संवाददाता
- २७ कार्तिक शुक्रबार, २०८३ | १९:१०:०० मा प्रकाशित
सर्लाही । नेपाल संघीय समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले उत्पीडित समुदायको अधिकार, सम्मान र मुक्तिका लागि राजनीतिक शक्ति निर्माण गर्नुपर्ने बताएका छन् ।
सर्लाहीको चक्करघट्टामा बहुजन एकता पार्टीद्वारा आयोजित बहुजन अधिकार सभा तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले दलित, बहुजन, मधेसी, आदिवासी जनजाति, मुस्लिम र थारूलगायत समुदाय राजनीतिक रूपमा संगठित नभएसम्म विभेद र शोषण अन्त्य हुन नसक्ने बताए ।
आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै अन्सारीले अब अरूको राजनीतिक भरिया बन्ने नभई आफ्नै नेतृत्व स्थापित गर्न उत्पीडित समुदायलाई आग्रह गरे । वर्षौंदेखि अरूलाई निर्वाचित गराएर अधिकार माग्नुपर्ने अवस्थाको अन्त्य गर्दै आफैँ शासन र निर्णय प्रक्रियामा सहभागी हुनुपर्ने उनको भनाइ थियो ।
उनले संघीयता, समावेशिता, गणतन्त्र र धर्मनिरपेक्षता जनताको संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि भएकाले तिनको रक्षा गर्न एकजुट हुनुपर्ने बताए ।
कार्यक्रममा नेपाल जनजागृति पार्टीका अध्यक्ष डा. धुपलाल निषाद, मधेश प्रदेशकी पूर्व गृह, कानुन तथा सञ्चारमन्त्री एवं प्रदेश सभा सदस्य बिमला अन्सारीलगायतले बहुजन समुदायको अधिकार, सामाजिक न्याय र राजनीतिक सहभागिताका विषयमा धारणा राखेका थिए ।
बहुजन एकता पार्टीका नेता सुधीश रामको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, अगुवा तथा सर्वसाधारणको सहभागिता थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै
- नेपाल राष्ट्र बैंकमा ६१ जनालाई रोजगारीको अवसर, खुल्यो आवेदन
- आज छठ पर्वको ‘खरना’, साँझ खीर प्रसाद ग्रहण गरिँदै
- अनेसास र कागेश्वरी पुस्तकालयद्वारा देवकोटा जयन्ती मनाइयो
- सञ्चालन आय स्थिर, नेपाल टेलिकमको खुद नाफा ३७ प्रतिशतले बढ्यो
- भक्तपुरको प्रजापति कम्प्लेक्समा आगलागी
- जनकपुरलाई हराउँदै चितवन राइनोज विजयी
- बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने सवारीलाई नयाँ समयसीमा
- आइतबारदेखि पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
- नेपाल टेलिकमको ३० एमबीपीएस इन्टरनेट र मेस एपी अफरको अवधि थप
प्रतिकृया दिनुहोस