बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने सवारीलाई नयाँ समयसीमा
- गाउँ सहर संवाददाता
- २७ कार्तिक शुक्रबार, २०८३ | १९:३४:०० मा प्रकाशित
काठमाडौँ । काठमाडौँको बल्खु हुँदै दक्षिणकाली मार्ग भएर हेटौँडा जाने यात्रुवाहक सवारीसाधनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँले नयाँ समयसीमा तोकेको छ ।
नयाँ व्यवस्थाअनुसार उक्त रुटमा चल्ने यात्रुवाहक सवारीसाधन बेलुका ८ बजेसम्म फर्पिङस्थित प्रहरी चेकपोस्ट पुगिसक्नुपर्नेछ भने बिहान ५ बजेपछि मात्रै बल्खुबाट छुट्न पाउनेछन् ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार यात्रु तथा चालकको सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि यस्तो व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रशासनका अनुसार साँघुरो सडक, तीव्र गति, चालकको लापरवाही, अनिद्रा तथा सवारीसाधनको कमजोर यान्त्रिक अवस्थाका कारण उक्त सडक खण्डमा दुर्घटना बढ्दै गएको छ ।
प्रशासनले उक्त रुटमा सञ्चालन हुने सबै यात्रुवाहक सवारीसाधनको यान्त्रिक अवस्था जाँच गरेर मात्रै सञ्चालन गर्न निर्देशन दिएको छ । साथै, प्रहरी तथा ट्राफिक प्रहरीलाई सवारीसाधनको अनिवार्य जाँचमा कडाइ गर्न भनिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै
- नेपाल राष्ट्र बैंकमा ६१ जनालाई रोजगारीको अवसर, खुल्यो आवेदन
- आज छठ पर्वको ‘खरना’, साँझ खीर प्रसाद ग्रहण गरिँदै
- अनेसास र कागेश्वरी पुस्तकालयद्वारा देवकोटा जयन्ती मनाइयो
- सञ्चालन आय स्थिर, नेपाल टेलिकमको खुद नाफा ३७ प्रतिशतले बढ्यो
- भक्तपुरको प्रजापति कम्प्लेक्समा आगलागी
- जनकपुरलाई हराउँदै चितवन राइनोज विजयी
- आइतबारदेखि पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
- उत्पीडित समुदायलाई राजनीतिक रूपमा संगठित हुन रिजवान अन्सारीको आह्वान
- नेपाल टेलिकमको ३० एमबीपीएस इन्टरनेट र मेस एपी अफरको अवधि थप
प्रतिकृया दिनुहोस