शेयरबजार : ४० अंकले बढेकाे नेप्सेमा काराेबार रकम भने बढ्न सकेन
- गाउँ सहर संवाददाता
- ४ चैत बुधबार, २०७७ | १५:३४:०० मा प्रकाशित
काठमाडाैं । साताकाे चाैथाे दिन बुधबार सेयर बजार उचालिएकाे छ । यसदिन अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ ।
शेयर बजार सूचक मापक नेप्से आज ४०.४० अंकले बढेर २.५३२.२४ बिन्दुुमा पुगेको छ ।
बुधबार २१२ कम्पनीका ८६ लाख २६ हजार ६६७ कित्ता शेयर ४४ हजार ६९७ पटकको कारोबारबाट कारोबार रकम ३ अर्ब ३७ करोड ४५ लाख ५२ हजार १७८ रुपैयाँ पुगेको छ । मंगलबारको तुलनामा बुधबार १२ लाख कम कारोबार भएको छ ।
६ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरै बढेर सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरे कमाउने शीर्ष कम्पनीमा चन्द्रागिरि हिल्स, जोशी हाइड्रेपावर, ग्रीनलाइफ हाइड्रोपावर, युनाइटेड इडी मर्दी आरबी हाइड्रोपावर र पञ्चकन्या माइ हाइइड्रोपावर कम्पनी छन् ।
घलेम्दी हाइड्रोपावर, गुडविल फाइनान्स, गुहेश्वरी फाइनान्स, नेशनल हाइड्रोपावर, लगायत कम्पनीको शेयरमूल्य घटेको छ ।
बुधबारको बजारमा नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक (निफ्रा)को उच्च कारोबार भएको छ । बैंकको ३ लाख ७८ हजार १७ कित्ता शेयर २० करोड रुपैयाँमा खरीद बिक्री भएको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
प्रतिकृया दिनुहोस