स्वास्थ्य

विश्वभर काेराेना संक्रमितका गम्भिर बिरामी घट्दै, निकाे हुने ८ कराेड १४ लाख नाघे

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड ५३ लाख ५३ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ८ करोड १४ लाख ६९ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १० करोड ९३ लाख ८६ हजार नाघेको छ भने मृतकको संख्या २४ लाख ११ हजार २४६ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ९८ हजार ४९६ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा २ कराेड ८२ लाख ६१ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ४ लाख ९७ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १९ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म १ कराेड ८२ लाख २४ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ९५ लाख ४० हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ९ लाख १६ हजार १७२ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ५५ हजार ७६४ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड ६ लाख १९ हजार ८३ जना निको भएका छन् । सक्रिय केस १ लाख ४१ हजार ३२५ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ९८ लाख ३४ हजार जना संक्रमितमध्ये ८७ लाख ४५ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने २ लाख ३९ हजारभन्दा बढी छन् । हाल ८ लाख ४९ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ७२ हजार ७१८ जना पुगेका छन् भने २ लाख ६९ हजार ६० जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या २ हजार ५४ पुगेको छ भने १ हजार ६०४ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत