स्वास्थ्य

विश्वभर अझै ७५ हजार मानिस काेराेना संक्रमणबाट सिकिस्त, एक कराेड ७८ लाखमा भाइरस सक्रिय

काठमाडौं । पछिल्लाे समय विश्वभर काेराेनाका संक्रमित निकाे हुनेकाे संख्या बढेकाे छ । पछिल्लाे २४ घण्टामा ३ लाख २७ हजार संक्रमित थपिएका छन् भने ४ लाख २० हजार जना निकाे भएका छन् । त्यसैगरि ५ हजार १९९ जनाकाे मृत्यु भएकाे छ ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या २२ करोड १९ लाख ३५ हजार जनाभन्दा बढि छन् । संक्रमितको संख्या भने २४ करोड ४८ लाख २ हजार नाघेको छ भने मृतकको संख्या ४९ लाख ६९ हजार ८६१ जना पुगेको छ । 

 विश्वभर हाल १ कराेड ७८ लाख ९६ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ७५ हजार जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढि संक्रमित र मृत्यु भएको छ । अमेरिकामा ४ कराेड ६४ लाख १५ हजार भन्दा बढि संक्रमितमध्ये त्यहाँ अहिलेसम्म ७ लाख ५७ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १३ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म ३ कराेड ६२ लाख ७० हजार भन्दा बढि जना निको भइसकेका छन् भने पछिल्लाे २४ घण्टामा ४७ हजार थपिएसँगै कुल ९३ लाख भन्दा बढिमा भाइरस सक्रिय छ । 

दाेस्राे नम्बरमा रहेकाे भारतमा थप ३५७ जनाकाे मृत्युसँगै कुल संख्या ४ लाख ५५ हजार १०० जनाकाे ज्यान गइसकेकाे छ । पछिल्लाे २४ घण्टामा ११ हजार ८७३ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमित संख्या हालसम्म ३ कराेड ४२ लाख १ हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ ।त्यसैगरि हालसम्म ३ कराेड ३५ लाख ७५ हजार जना निको भएका छन् । सक्रिय केस १ लाख ७० हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा पछिल्लाे २४ घण्टामा ५ हजार संक्रमित भएका छन् भने २०२ जनाकाे मृत्युसँगै कुल मृत्यु हुनेकाे संख्या ६ लाख ५ हजारभन्दा बढी छन् । हाल २ लाख ७ हजार जनामा काेराेना भाइरस सक्रिय छ । हालसम्म २ कराेड १७ लाख ३५ हजार जना संक्रमितमध्ये २ कराेड ९ लाख २२ हजार निकाे भइसकेका छन् । विश्वभर सबैभन्दा धेरै संक्रमित हुने देशमा ब्राजिल तेस्राे नम्बरमा छ ।

तर पछिल्लाे २४ घण्टामा सबैभन्दा धेरै रसियामा १ हजार ६९ जनाकाे मृत्यु भएकाे छ भने ३७ हजार संक्रमित भएका छन् । 

नेपालमा भाइरस संक्रमित ८ लाख ९ हजार ७२९ जना पुगेका छन् भने ७ लाख ८८ हजार ८ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ११ हजार ३६१ पुगेको छ भने १० हजार ३६० जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत