विश्वभर अझै ७५ हजार मानिस काेराेना संक्रमणबाट सिकिस्त, एक कराेड ७८ लाखमा भाइरस सक्रिय
- गाउँ सहर डेस्क
- ९ कार्तिक मंगलबार, २०७८ | ०८:००:०० मा प्रकाशित
काठमाडौं । पछिल्लाे समय विश्वभर काेराेनाका संक्रमित निकाे हुनेकाे संख्या बढेकाे छ । पछिल्लाे २४ घण्टामा ३ लाख २७ हजार संक्रमित थपिएका छन् भने ४ लाख २० हजार जना निकाे भएका छन् । त्यसैगरि ५ हजार १९९ जनाकाे मृत्यु भएकाे छ ।
वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या २२ करोड १९ लाख ३५ हजार जनाभन्दा बढि छन् । संक्रमितको संख्या भने २४ करोड ४८ लाख २ हजार नाघेको छ भने मृतकको संख्या ४९ लाख ६९ हजार ८६१ जना पुगेको छ ।
विश्वभर हाल १ कराेड ७८ लाख ९६ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।
यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये ७५ हजार जनाको अवस्था गम्भीर छ ।
भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढि संक्रमित र मृत्यु भएको छ । अमेरिकामा ४ कराेड ६४ लाख १५ हजार भन्दा बढि संक्रमितमध्ये त्यहाँ अहिलेसम्म ७ लाख ५७ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने १३ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म ३ कराेड ६२ लाख ७० हजार भन्दा बढि जना निको भइसकेका छन् भने पछिल्लाे २४ घण्टामा ४७ हजार थपिएसँगै कुल ९३ लाख भन्दा बढिमा भाइरस सक्रिय छ ।

दाेस्राे नम्बरमा रहेकाे भारतमा थप ३५७ जनाकाे मृत्युसँगै कुल संख्या ४ लाख ५५ हजार १०० जनाकाे ज्यान गइसकेकाे छ । पछिल्लाे २४ घण्टामा ११ हजार ८७३ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमित संख्या हालसम्म ३ कराेड ४२ लाख १ हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ ।त्यसैगरि हालसम्म ३ कराेड ३५ लाख ७५ हजार जना निको भएका छन् । सक्रिय केस १ लाख ७० हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।
ब्राजिलमा पछिल्लाे २४ घण्टामा ५ हजार संक्रमित भएका छन् भने २०२ जनाकाे मृत्युसँगै कुल मृत्यु हुनेकाे संख्या ६ लाख ५ हजारभन्दा बढी छन् । हाल २ लाख ७ हजार जनामा काेराेना भाइरस सक्रिय छ । हालसम्म २ कराेड १७ लाख ३५ हजार जना संक्रमितमध्ये २ कराेड ९ लाख २२ हजार निकाे भइसकेका छन् । विश्वभर सबैभन्दा धेरै संक्रमित हुने देशमा ब्राजिल तेस्राे नम्बरमा छ ।
तर पछिल्लाे २४ घण्टामा सबैभन्दा धेरै रसियामा १ हजार ६९ जनाकाे मृत्यु भएकाे छ भने ३७ हजार संक्रमित भएका छन् ।
नेपालमा भाइरस संक्रमित ८ लाख ९ हजार ७२९ जना पुगेका छन् भने ७ लाख ८८ हजार ८ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ११ हजार ३६१ पुगेको छ भने १० हजार ३६० जना उपचाररत छन् ।
गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- थाहा पाइराख्नुहाेस् कस्ताे थियाे नेपालकाे पहिलाे बजेट ?
- विश्व हाँसो दिवस : एउटा मुस्कानले बदल्न सक्छ जीवन
- बुद्ध जयन्तीको अवसरमा स्वयम्भूनाथ र बाैद्धनाथ स्तूप (तस्बिरहरू)
- वैशाख १ मा मात्र फूल्ने अनाैठाे फूल ! के भन्छन् वनस्पतिविद्
- सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिको सम्बोधन LIVE
- आज जन आन्दोलन दिवस मनाइँदै
- पृथ्वीनारायण शाहका दिव्योपदेश : सधैँ सान्दर्भिक
- आनीबाट महिला राइडरसम्म सविना गोले र दुई पाङ्ग्रे क्वीन्सको धादिङ यात्रा
- दशैँ : कुन दिन कसकाे पूजा गरिन्छ, टीका कता फर्किएर लगाउने ?
- सहज जीवन चाहनुहुन्छ? यी कुरा ध्यान दिनुहोस्
प्रतिकृया दिनुहोस