जाडाेमा एमालेले मध्य पहाडी लोकमार्गमा थालेकाे पदयात्राकाे सन्देश
- गाउँ सहर डेस्क
- १४ मङ्सिर बिहीबार, २०८० | ०९:५१:०० मा प्रकाशित

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मध्य पहाडी लोक मार्ग पदयात्रा आजबाट सुरु गरेकाे छ । बैतडीको झुलाघाटमा ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियानका लागि बुधबार नै नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाले नेताहरू बैतडी पुगेका थिए ।
अध्यक्ष ओलीले आज नेपाल–भारतको सीमावर्ती बजार झुलाघाटबाट नेपालको राष्ट्रिय झण्डोत्तोलन गरेर यात्राको उद्घाटन गरे । पार्टी अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, रामबहादुर थापा, महासचिव शंकर पोखरेलसहितका सबै पदाधिकारी र केन्द्रीय स्तरका अन्य नेताहरू बुधबार साँझ नै सदरमुकाम गोठलापानी पुगेका छन् ।
ओलीले पार्टीले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा संवाद र अध्ययनको यात्रा भएको बताएका छन् । यात्राले सरकारी अकर्मण्यता र देशको ओरालो लाग्दो अर्थतन्त्र, अराजक र अस्थिर भएको राजनीतिलाई सहि बाटोमा ल्याउने सन्दर्भमा चिन्तन मनन र नीति योजना निर्माण गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरे । ‘जनताका समस्या के छन् रु एमाले र एमाले नेताकार्यकर्तासँग जनताको अपेक्षा के छ रु अहिलेको अवस्थाबाट देशलाई बदलेर समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा कसरी पुरा गर्न सकिन्छ भन्ने सङ्कल्प गर्नेछौ’, अध्यक्ष ओलीको भनाइ छ ।
‘यो यात्रा संवादको यात्रा हो,यो यात्रा अध्ययनको यात्रा हो । यो यात्रा नेपाली जनताको राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाइ छाड्ने संकल्प यात्रा हो’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘जसलाई नेकपा एमालेले आफ्नो उद्देश्य र गन्तव्य बनाएको छ ।’
नेकपा एमाले सुदूरपश्चिम अध्यक्ष कृष्ण प्रसाद जैशीका अनुसार झुलाघाटबाट सुरु भएको सङ्कल्प यात्रा मध्य पहाडी लोक मार्गमा तीन सातासम्म चल्नेछ । पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको लम्बाइ करिब एक हजार ८७९ किलोमिटर रहेको छ । पुस २ गते पाँचथरको चिवा झञ्ज्याङमा पुगेर यात्रा समापन हुने सुदूरपश्चिम अध्यक्ष जैशीले जानकारी दिए ।
यस यात्राले मुलुकको समृद्धिको नयाँ पाटाहरू पहिचान हुने एमालेले दाबी गरेकाे छ । सबै ठाउँका जनतालाई भेट्ने, राजमार्गले पार्ने प्रभावका विषयमा जानकारी दिने र प्रेरित गर्ने, मौलिक उत्पादनको बजारीकरण गर्ने, जिल्लाका व्यापारिक ठाउँहरूको सम्भावना भएको क्षेत्रहरूमा विकास र समृद्धिबारे बहस गरिने बताइएकाे छ । यसैबीच प्रत्येक जिल्लामा एउटा ठूलो सभाको आयोजना गर्ने र त्यसबाट जनतालाई मध्य पहाडी राजमार्गको महत्व र सान्दर्भिकता दर्साउने बताइएको छ ।
एमालेका प्रचार विभागप्रमुख पोलिटब्युरो सदस्य राजेन्द्र गौतमले यो यात्राको क्रममा जटिल भौगोलिक संरचना, छरिएका बस्ती, प्राकृतिक विपत्तिको उच्च जोखिम, वन्यजन्तुका कारण कृषि उत्पादनमा ह्रास तथा जलवायु संकट पहाडको विकासका मुख्य चुनौतीकै सवालमा अन्तक्र्रिया हुने बताएका छन् ।
उनले पहाड पूर्वाधार, विद्युतीकरण, खानेपानी र स्वास्थ्य तथा शिक्षामा पहुँचका दृष्टिले उल्लेख्य ढंगले रूपान्तरित हुँदै गएको जनाउँदै मुलुक बन्छ, बन्दै छ भन्ने दह्रो आत्मविश्वास निर्माण गर्नु, प्राप्त उपलब्धिको रक्षा एवं संवद्र्धन गर्नु तथा समाजमा आशावाद र सकारात्मक मनोविज्ञान निर्माण गर्नु अभियानको मुख्य उद्देश्य रहेको बताए ।
करिब २६ वटा पहाडी जिल्लालाई सडक सञ्जालले जोड्ने लक्ष्यसहित पुष्पलाल (मध्यपहाडी) लोकमार्ग नामकरण गरी सरकारले निर्माणको कार्य अगाडि बढेको छ । तर निर्माणको कार्यले सार्थकता पाउन सकेको छैन ।
आयोजना सुरु गर्दा सुरुमा एक हजार ७७६ किलोमिटर अनुमान गरिएको थियो । पछि एक हजार ८७९ किलोमिटर पुर्याएको थियो ।
तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले २०६४/६५ मा तराईको महेन्द्रराजमार्ग र हुलाकी राजमार्ग जस्तै मध्य पहाडी भूभागलाई राजमार्गले पूर्व–पश्चिम जोड्ने उद्देश्यले पहिलो पटक मध्यपहाडी (पुष्पलाल) लोकमार्गको रेखाङकन गरि बजेट विनियोजन गरेका थिए । भट्टराई नै २०६८ मा प्रधानमन्त्री भएका बेला उक्त लोकमार्गलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेका थिए ।
पहाडका २६ जिल्ला भएर जाने राजमार्गले करिब १ करोड जनसंख्या लाभान्वित हुने अनुमान गरिएको छ । साथै पहाडी क्षेत्र १० वटा शहरको विकास हुने र यहाँबाट अन्यत्र बसाइ सरेर जाने क्रममा रोकिने बताइएको छ ।
एमालेले २०७३ सालपछि लामो संकल्प यात्रा गर्न लागेको हो। २०७० सालमा दोस्रो संविधानसभाको निर्वाचनपछि २०७३ सालमा मेची–महाकाली यात्रा तय गरेको थियो। त्यसको परिणाम २०७४ सालमा एमाले संसद्मा पहिलो दल भएको थियो ।
समाजमा निराशा फैलाउने, नकारात्मक मनोविज्ञान निर्माण गर्ने र नेपाल समृद्ध बन्दैन, बन्नै सक्दैन भन्ने संकथन निर्माण गर्ने प्रयास निकै व्यापक रूपमा भइरहेको भन्दै मुलुक बन्छ, बन्दै छ भन्ने दह्रो आत्मविश्वास निर्माण गर्नु, प्राप्त उपलब्धिको रक्षा एवं संवर्द्धन गर्नु तथा समाजमा आशावाद र सकारात्मक मनोविज्ञान निर्माण गर्नु अभियानको उद्देश्य रहेको पनि एमालेले जनाएकाे छ।

गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- कस्ताे हाे रामराज्य ? कल्पना कि यथार्थ
- आज राम नवमी, श्रीरामबारेमा थाहा पाउनुहाेस् यी जानकारी
- स्वयम्भू महाचैत्य, कस्ताे देखिन्छ काठमाडाैं उपत्यका (थप तस्बिर भित्र)
- तुवाँलाे तथा वायु प्रदूषणले मानव मस्तिष्कमा असरदेखि क्यान्सरसम्म
- दक्षिण एसियाको सबैभन्दा खुसी देशको सूचीमा ‘हामी’
- चर्चामा पर्याे ‘खैराे सूची’ अर्थात् ग्रे लिस्ट, थप जानकारी के छन् तपाईंसँग ?
- अस्थिर सरकारी नीतिहरू : पुन: प्रदर्शनमा “हेलमेट काण्ड”- सास्ती नै सास्ती !
- महाशिवरात्रिमा जानाैँ शिवका ‘नौ नामका नौ कथा’
- महाशिवरात्रि: जीवनसाथीसँग पूजा–आराधना गर्दा आपसी माया बढ्छ
- महाशिवरात्रि शिव विवाह होइन, शिवलिंग प्रकट हुने दिन हो
प्रतिकृया दिनुहोस