बहुउपयोगी गाई पुज्नुकाे महिमा, वैज्ञानिक, धार्मिक र व्यवहारिक महत्वका विविध पक्ष
- गाउँ सहर डेस्क
- २७ कार्तिक सोमबार, २०८० | ०७:४६:०० मा प्रकाशित

काठमाडाैं । गाईलाई हिन्दु समुदायमा माता र लक्ष्मीका रूपमा लिइन्छ । अरु घरपालुवा जनावरभन्दा विशिष्ठ मानिन्छ । यो बहुउपयोगी जनावर हो । ज्यादा उपयोगी वस्तु, विरुवा आदिलाई सम्मान गर्ने र क्रमशः त्यसलाई देवत्वकरण नै गर्ने प्रचलन हिन्दूहरूमा रहेको पाइन्छ । हिन्दु धर्ममा अहिंसाले थप स्थान पाउनमा बुद्ध, जैन र कृष्णका उपासक तथा अनुयायीहरुले गहिरो प्रभाव पारेपछि भने गोबधलाई जघन्य पापका रूपमा व्याख्या गर्न थालेको प्रतीत हुन्छ । संहारकर्ता शिवको बाहन नन्दी अर्थात साँढे हरेक शिव मन्दिर अघिल्तर राखिनु, भगवान कृष्णलाई गाईपालक अर्थात गोपालवंशी भनिनु र नेपालको इतिहासमा गाईपालकहरुले राज्य गरेको इतिहास भेटिनुले नेपाली हिन्दु समुदायमा गाईको धार्मिक महत्व अत्याधिक रहेकोमा सन्देह रहँदैन । गाईलाई राष्ट्रिय जनावरका रूपमा व्याख्या गरिनुले यसलाई कति महत्व दिइएको थियो भन्ने कुरा ज्ञात हुन्छ ।
गाईको मुत्र, दुध, घिउ जस्ता चिजहरू स्वास्थ्यको लागि राम्रा मात्र नभई औषधी नै हुन् । अहिले पनि कतिपय रोगमा रामवाण जस्तै छन् गाईका यी कुराहरू । गाईको मुत्रले एन्टीवायोटिक्सको समेत काम गर्ने विज्ञानसिद्ध कुरा हो । त्यति मात्र होइन, गौमुत्रमा त सुनको मात्रा पनि हुने हुँदा राम्रोसँग उपयोग गर्न जानेमा गाईको मुत्र, गोबर, गाईको सास, दुध, घिउ सबै कुरा अमुल्य छन् भनिन्छ । गाईको बाच्छोले गर्दा नै जोत्ने र बोक्ने यन्त्र आउनुभन्दा पहिला हामी मानिसले सुखमय जीवन बिताउन सकेका थियौँ र गोरु मानव सभ्यताको अंग नै बनेको हो । अन्न उब्जाउन र वस्तुलाई एक ठाउँबाट अर्को ठाउँमा लग्न गाईको भूमिका यन्त्र आबिष्कार हुनुभन्दा पहिला सबैभन्दा महत्वपूर्ण रहेको हो ।
गाई सामाजिक/सांस्कृतिकरूपमा विवादित विषय पनि हो । गाईको मासु खानु पाप हो भनेर विश्वास गर्ने हिन्दु र गाईको मासु खाने समुदायबीच हजारौं वर्षदेखि यसले राजनीतिक, साम्प्रदायिक तथा सामाजिक द्वन्द्व सिर्जना गर्ने विषय पनि बनेको छ । नेपालमा पनि गाई मारेेको विषयमा हिन्दु र गैरहिन्दुबीच समय /समयमा झडप हुँदै आएका छन् ।
गाईको दूध, घीउका साथै यसको पिसाब अर्थात गहुँत र गोबरलाई हिन्दुले आफ्नो दैनिक जीवनमा शुद्धीकरण गर्ने वस्तुका रूपमा प्रयोग गरेको देखिन्छ। गोबरले आफ्नो भान्सा वा चुलो दैनिक लिपेर सफाइ गर्ने, कुनै पनि अशुद्ध हुने क्रियाकलाप जस्तै जुठो परेको, सुतक परेको आदि अपवित्र हुने क्रियाकलापपछि गहुँत प्रयोग गरी शुद्धीकरण गर्ने काममा प्रयोग गरिन्छ । गाईलाई मातृत्व, धन र प्रतीकात्मकरूपमा लिने गरिन्थ्यो । यसलाई जे मागे पनि दिनसक्ने वस्तु अर्थात कामधेनुका रूपमा बयान गरिएको पाइन्छ । महाभारतमा वर्णन गरिएअनुसार दक्षले सबै जीवजन्तु सृष्टि गरेपछि खानेकुरा हाहाकार भयो । सबै प्राणीलाई खाना उपलब्ध गराउनका लागि उनले अमृत पान गरेपछि उनको मुखबाट सौरभी नामको गाई सृष्टि भएको उल्लेख छ ।
गाईको महिमा र गुण सम्बन्धित केहि बैज्ञानिक, धार्मिक र व्यवहारिक पक्ष
वैज्ञानिक कारण :
- वैज्ञानिक अनुसन्धानबाट गाईमा एक प्रकारको सकारात्मक उर्जा रहेको हुन्छ जुन अन्य कुनै प्राणीमा पहिदैन l
- गाईको ढाडको हड्डी छेउमा रहेको सूर्यकेतु स्नायु हानिकारक विकिरणहरुलाई रोकेर वातावरणलाई स्वच्छ बनाउन मद्धत गर्दछ l पर्यावरणीय हिसाबले यो एकदमै लाभान्वित पशु रहेको पुष्टि हुन्छ l
- गाईको ढाडको हड्डीनिर भएको सूर्यकेतु नाड़ी सर्वरोगनाशक, सर्वविषनाशक हुन्छ ।
- सूर्यकेतु नाड़ी सूर्यको सम्पर्कमा आउदा त्यसबाट स्वर्णको उत्पादन हुन्छ । गाईको शरीरमा उत्पन्न हुने यो सुन गाईको दुध , गोबर र मुत्रमा घुलेर रहेको हुन्छ l त्यसैले गाईको सबैकुरा दुध , मुत्र र गोबरलाई महत्व दिएको हो l गाईको दुधमा मिसिएको सुन दुधको माध्यमले हाम्रो शरीरमा , गोबरबाट जमिनमा र मुत्रबाट बिभिन्न रोगको उपचार गर्न प्रयोग गरिन्छ l किन कि कयौ रोगको उपचारमा स्वर्ण भस्म दिने गरिन्छ l
- वैज्ञानिक कारण यस्तो पनि छ l गाई मात्र एउटा यस्तो प्राणी हो जसले वातावरणबाट अक्सिजन लिएर पुन अक्सिजननै छोड्ने गर्दछ l जबकी मनुष्यले अक्सिजनलिएर कार्बन डाई अक्साइड बाहिर फ्याक्दछ । रुख बिरुवाहरु कार्बन डाई अक्साइड लिएर अक्सिजन छोड्ने गर्दछन् l
- घरेलु गाईको एक ग्राम गोबरमा कम्तिमा पनि ३०० करोड जीवाणु रहेको हुन्छ जुन बोट बिरुवा र जमिनलाई अत्यावश्यक हुन्छ l साथै यस जीवाणुले खराब जीवाणुलाई मार्ने काम पनि गर्दछ l
- रुसमा गरिएको एक अनुसन्धानमा १० ग्राम घ्युद्वारा हवन गर्दा करिब १ टन अक्सिजन सृजना भएको पहियो l
- वैज्ञानिकहरुका अनुसार गाईको गोबरमा भिटामिन बि १२ धेरै मात्रामा पाहिन्छ l साथै यसले रेडियोधर्मिता लाई पनि सोस्न सक्दछ l
व्यवहारिक कारण :
- गाई एक मात्र यस्तो पशु हो जसको सबै थोक मनुष्य, धर्ति र अन्य प्राणीको सेवामा समर्पित रहेको हुन्छ
- गाईले आफ्नो जीवनकालमा करिब ४,१०,४४० मनुष्यहरु एक छाकको भोजन र करिब ८० मांशाहारीलाई भोजनको व्यवस्था मिलाउने गर्दछ l
- गाईको दुध , मुत्र , र गोबरका साथै दुधको प्रकार जस्तै दहि , घ्यू, नौनी , पनिर आदि सबै मनुष्यको भोजनको एउटा महत्वपुर्ण आधार हो l
- गाईको गोबरबाट इन्धन (गुइठा ), मल बनाएर प्रयोग गर्नुको साथै गोबरबाट किटाणु मार्न र लामखुट्टे र झिंगा आदि भगाउन प्रयोग गरिन्छ l
- प्राचिनकालदेखि आज सम्मको कृषि अर्थतन्त्रको एउटा महत्वपूर्ण आधार भनेको गाई पालन भएको हुदा देश र मनुष्यको दिगो - दरिलो र आत्मनिर्भरको पाटो र आम्दानीको आधारस्तम्भ गाई नै हो l
धार्मिक कारण :
- कुनै पनि धार्मिक कर्म र अनुष्ठान गर्दा सबै भन्दा पहिले गौ दान गर्नु पर्दछ l गौ दान गर्नाले अकर्म र पाप नष्टहुने , पुण्य प्राप्त हुने , र शुद्ध भईने धार्मिक मान्यता छ l
- भगवान शिवको प्रिय पत्र ‘ बेलपत्र ‘ को उत्पति गाईको गोबरबाट भएको हो l
- सबै भन्दा पबित्र प्रसाद पन्चामृतमा गाईको दुध , घ्यू, र दहि प्रयोग गरिन्छ l
- धार्मिक हवन र यज्ञमा केवल गाईको घ्यू अनिवार्य चाहिन्छ l
- स्वर्गबाट कामधेनु गाई ल्याहिएको हो l त्यसैले यसलाई पबित्र मानिन्छ l
- मृत्युपछि गरुढ़ पुराण अनुसार बैतरणी तर्न गाई दाननै गरेको हुनुपर्दछ l
- स्वयम् भगवान श्रीकृष्णले गाई चरण गराउने गरेका र उनले गौशाला र गाईको पुजा गर्न लगाएको कारण पनि गाईको महत्व धेरै भएको बुझिन्छ l
- गाईलाई लक्ष्मीमाताको प्रतिबिम्बका रुपमा पनि पुज्ने गरिन्छ l
- गुरु बशिष्ठले गाईको प्रजाती बिस्तार गरेका हुन् l उनले कामधेनु, कपिला, देवनी, नंदनी, भौमा आदि गाईको नामाकरण गरेको पाहिन्छ l
- गाई पालन , गाईको सेवा र गाईलाई खाना खुवाउनाले पुण्य प्राप्त हुने साथै आफ्नो मनोकामना पूर्ति हुने मान्यता छ l
- गाईको हत्या गर्नु भनेको हिन्दु धर्ममा सबै भन्दा बढी पाप गर्नु हो भन्ने रहेको छ l
- ऋग्वेदले गाईलाई अघन्या, यजुर्वेदले अनुपमेय र अथर्ववेदले सम्पतिको घर भनेको छ l
- पौराणिक मान्यताहरु र श्रुतिहरुमा गाईलाई बिष्णुको रुप , गाई सर्व वेदमयी र वेद गौमय भनिएको छ ।
- स्कंद पुराणका अनुसार ‘गौ सर्वदेवमयी र वेद सर्वगौमय छ ।'
- भगवान कृष्णले श्रीमद् भगवत गीतामा भनेका छन् - ‘धेनुनामस्मि कामधेनु’ अर्थात म नै गाई मध्यको कामधेनु हू।
- श्रीरामले समेत बन प्रस्थान गर्नु पूर्व त्रिजट नामक ब्राह्मणलाई गाई दान गरेका थिए । आदि
गाईसँग सम्बन्धित धार्मिक व्रत तथा उपवासः-
- गोपद्वमव्रतः- सुख, सौभाग्य, संपत्ति, पुत्र, पुत्री , आदिको सुख प्राप्तिको लागि गरिने ।
- गोवत्सद्वादशी व्रतः- यस व्रतबाट समस्त मनोकामना पूर्ण हुने ।
- गोवर्धन पूजाः- यस लोकको समस्त सुखहरुको वृद्धिका साथै मोक्ष प्राप्तिका लागि गरिने l
- गोत्रि-रात्र व्रतः- पुत्र प्राप्ति, सुख भोग, र गौलोक प्राप्तिका लागि गरिने ।
- गोपाअष्टमीः- सुख सौभाग्य वृद्धिका लागि गरिने ।
- पयोव्रतः- पुत्र प्राप्तिको इच्छा राख्ने दम्पतिहरुले सन्तान प्राप्तिका लागि गरिने व्रत l

गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- कस्ताे हाे रामराज्य ? कल्पना कि यथार्थ
- आज राम नवमी, श्रीरामबारेमा थाहा पाउनुहाेस् यी जानकारी
- स्वयम्भू महाचैत्य, कस्ताे देखिन्छ काठमाडाैं उपत्यका (थप तस्बिर भित्र)
- तुवाँलाे तथा वायु प्रदूषणले मानव मस्तिष्कमा असरदेखि क्यान्सरसम्म
- दक्षिण एसियाको सबैभन्दा खुसी देशको सूचीमा ‘हामी’
- चर्चामा पर्याे ‘खैराे सूची’ अर्थात् ग्रे लिस्ट, थप जानकारी के छन् तपाईंसँग ?
- अस्थिर सरकारी नीतिहरू : पुन: प्रदर्शनमा “हेलमेट काण्ड”- सास्ती नै सास्ती !
- महाशिवरात्रिमा जानाैँ शिवका ‘नौ नामका नौ कथा’
- महाशिवरात्रि: जीवनसाथीसँग पूजा–आराधना गर्दा आपसी माया बढ्छ
- महाशिवरात्रि शिव विवाह होइन, शिवलिंग प्रकट हुने दिन हो
प्रतिकृया दिनुहोस