खेल

विश्वकप उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै, बिजेता र उपबिजेताले कति रुपैयाँ पाउँछन् ?

काठमाडाैं । एकदिवसीय क्रिकेट विश्वकप उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्ने भएका छन्। भारतमा जारी विश्वकपको फाइनल आज दिउँसो २:१५ बजेबाट अहमदावादस्थित नरेन्द्र मोदी रंगशालामा हुँदैछ।

विश्वकपको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलियाले फाइनलमा भारतसँगको भेट पक्का गरेको हो। बुधबार सम्पन्न खेलमा भारतले न्युजिल्यान्डलाई ७० रनले हराएर १२ वर्षपछि फाइनल पुगेको थियो। 

विश्वकपको १३ औं संस्करणसम्म आइपुग्दा अस्ट्रेलिया सर्वाधिक सफल टोली हो। अस्ट्रेलियाले पाँचपल्ट प्रतियोगिताको उपाधि चुमेको छ। यस्तै भारत दुईपल्ट विजेता रहिसकेको छ। सन् २०११ को विश्वकप जितेयता भारतले शीर्ष २ को यात्रा तय गर्न सकेको थिएन।

विश्वकपको अभागी टोली भनिने दक्षिण अफ्रिकाको यात्रा यस संस्करणमा पनि शीर्ष चारमै टुंगियो। अपराजित रहदै फाइनल खेलेको भारत तेस्रो पटक उपाधि जित्ने लक्ष्यका साथ अगाडि बढेको छ। भारतले सन् १९८३ र २०११ मा र अष्ट्रेलियाले १९८७, १९९९, २००३, २००७ र २०११ मा उपाधि जितेको थियो । २००३ को फाइनलमा अष्ट्रेलियासँग भारतले हारेको थियो । 

भारत र अष्ट्रेलियाबीचमा आज साँझ हुने फाइनल खेलमा बिजेता र उपबिजेताले करोडौं रुपैयाँ प्राप्त गर्नेछन्।

भारतमा जारी एकदिवसीय विश्वकप २०२३ अन्तिम चरणमा पुगेको छ। फाइनल खेल आइतबार अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ। यस खेलका लागि पिचदेखि प्लेइङ ११ सम्म विभिन्न पक्षमा छलफल भइरहेको छ।

यसैबीच, यस प्रतियोगिताको पुरस्कार राशीको बारेमा कुरा गरौं। आईसीसीले यस विश्वकपका लागि कुल ८२ करोड भारतीय रुपैयाँको पुरस्कार राशी घोषणा गरेको छ।

यस प्रतियोगितामा हार्ने टोलीमा पनि करोडौं रुपैयाँको वर्षा हुनेछ। त्यसोभए कुन टोलीले कति पैसा पाउँछन्?

विश्वकपको विजेताले ३३ करोड भारतीय रुपैयाँ (नेपाली ५२ करोड ८ लाख रुपैयाँ बराबर) पुरस्कार पाउने छ भने फाइनलमा हार्ने टोलीले १६ करोड ६५ लाख (नेपाली २६ करोड ६४ लाख रुपैयाँ) मा चित्त बुझाउनु पर्नेछ।

समूह चरणमा प्रत्येक टोलीले ९-९ खेल खेलेका छन्। यस राउण्डमा प्रत्येक खेल जित्ने टोलीले ४० हजार डलर अर्थात् करिब ३३ लाख १७ हजार भारतीय रुपैयाँ प्राप्त गर्नेछ।

प्रत्येक टोलीले यो रकम छुट्टाछुट्टै पाउने छ। पूरै प्रतियोगितामा प्रत्येक खेल जितेको टोलीले यो रकम प्राप्त गर्नेछ। उदाहरणका लागि, यदि कुनै टोलीले १० खेल जित्छ भने, उसलाई ३.३१ करोड भारतीय रुपैयाँ छुट्टै रकम दिइनेछ।

त्यसैगरी समूह चरणबाट बाहिरिएका टोली अर्थात सेमिफाइनलमा पुग्न नसकेका ६ टोलीलाई १ लाख डलर अर्थात करिब ८२ लाख रुपैयाँ दिइने छ। यस बाहेक सेमिफाइनलमा हार्ने टोली दक्षिण अफ्रिका र न्युजिल्यान्डलाई ८.८ लाख डलर अर्थात् करिब ६ करोड ६३ लाख रुपैयाँ दिइनेछ।

अब फाइनलमा विजेता र हार्ने टोलीको कुरा गर्ने हो भने उपविजेता टोलीलाई २० लाख डलर अर्थात १६ करोड ५८ लाख रुपैयाँ दिइनेछ। विजेता टोलीलाई आईसीसीले ४० लाख डलर पुरस्कार दिनेछ। अर्थात् विजेता टोलीले कुल ३३.१७ करोड रुपैयाँ पाउनेछ।

कुल रकमको कुरा गर्ने हो भने बिजेता र उपविजेता टिमले पनि प्रत्येक खेल जित्दा छुट्टाछुट्टै रकम पाउनेछन्। अर्थात्, यदि टीम इन्डिया विश्व च्याम्पियन बन्यो भने ३३.१७ करोडको पुरस्कार राशि बाहेक, उसले ११ खेल जित्ने रकम पनि पाउने छ। ३३.१७ लाख गुणा ११ अर्थात् भारतले कुल ३७.३८ करोड रुपैयाँ जित्न सक्छ।

त्यस्तै, नोभेम्बर १९ का लागि सबै एयरलाइन्सको उडान टिकटको मूल्य धेरै गुणा बढेको छ । इन्डिगोको दिल्लीदेखि अहमदाबादको फिर्ताको हवाई टिकट ७९,७६१ रुपैयाँ छ। यो सामान्य दिनको उडान टिकटको तुलनामा १० गुणाले बढेको छ । हवाई भाडामा चकित पार्ने बृद्धिले क्रिकेट प्रेमीहरुको चिन्ता बढेको छ तर फाइनलको क्रेज पनि उनीहरुको टाउकोमा पुगेको छ ।

अहमदाबादको भाडामा अविश्वसनीय वृद्धि दिल्लीबाट मात्र होइन भारतका अन्य शहरहरूबाट पनि देखिएको छ। दिल्ली, मुम्बई, बेंगलोर र कोलकातादेखि अहमदाबाद रुटमा दुवैतर्फको भाडा ३५ हजारदेखि ८० हजार रुपैयाँसम्म रहेको छ, जुन नियमित दरभन्दा धेरै बढी हो।

गाउँ सहर डेस्क

तपाईँको मत