भिडिओ

‘श्री स्वस्थानी व्रत’को भजन भिडियो सार्वजनिक

काठमाडौँ । ‘श्री स्वस्थानी व्रत’को भजन भिडियो सार्वजनिक भएको छ । नेपालीहरुले हरेक वर्षको पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाउने ‘श्री स्वस्थानी व्रत’को विषयमा लोकप्रिय गायिका प्राश्ना शाक्यले  बनाएको भजन सार्वजनिक भएको हो ।

अम्बिका शाक्यको शब्द, किरण कडेलको संगीत रहेको भजनको एरेन्ज किरणले नै गरेका छन् ।

भजनको भिडियोमा गायिका प्राश्नासँगै बानिका प्रधान, निशा देशार र अर्पणा श्रेष्ठ लगायतको अभिनय रहेको छ । 

भिडियो प्रशान्त तामाङले निर्देशन गरेका हुन् । 

गाउँ सहर डेस्क

तपाईँको मत