भजन चुड्कामा देवीस्थान भजन समूह प्रथम
- विष्णुहरि पाैडेल
- २२ भदौ शुक्रबार, २०८० | १४:२७:०० मा प्रकाशित

लेखनाथ । राधाकृष्ण सांस्कृतिक समूहद्वारा श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजित आठौं श्रीकृष्ण जन्माष्टमी महोत्सव एवम् खुला भजन चुड्का तथा झाँकी प्रदर्शनीमा देवीस्थान भजन समूह हेम्जा प्रथम भएको छ ।
पोखरा–३२ लामेआहाल स्थित राधाकृष्ण मन्दिर परिसरमा मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका प्रत्येक वर्ष प्रतियोगिता गर्दै आएको प्रतियोगितामा मातृकेश्वर भजन समूह हेम्जा द्धितीय भयो । यसैगरी धर्मोदय भजन समूह पाल्पा तृतीय भयो भने पञ्चासे भजन समूह ठुलाचौर पोखरालाई सान्त्वना स्थान दिइएको थियो।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः ४५ हजार, ३५ हजार, २५ हजार र १५ हजार रुपैयाँ नगद सहित पुरस्कृत भए । प्रतियोगितामा कुल २६ समूह सहभागी रहेको राधाकृष्ण सांस्कृतिक समूहका अध्यक्ष सञ्जयराज ढकालले जानकारी दिए ।
कार्यक्रममा नेवार, गुरुङ, मगर र गन्दर्भ समूदायका कलाकारले प्रतियोगी रुपमा आ-आफ्ना जातजातीका संस्कृति झल्ने प्रस्तुती देखाएको समूहका सचिव पुष्पराज शर्मा पौडेलले जानकारी दिएका छन् ।
प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्का बिखर्चीले प्रदेशमा विद्यमान कला संस्कृतिको जगेर्नाका लागि प्रतिष्ठानले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । खड्काले धर्म कर्म संस्कृति हराई रहेको वेला राधाकृष्ण सास्कृति समुहले मौलिकता युक्त प्राचीन संस्कृतिको जगेर्ना गरेको औल्याउदै लोक सस्कृति, धर्म परम्परा जोगाउन हामी सबैको दायित्व भएको बताए ।
कार्यक्रममा रुपा गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङले धर्म संस्कृति हाम्रा सम्पत्ति भएको बताउँदै यिनीहरूको जगेर्ना गर्नुपर्नेमा जोड दिएकी थिईन ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरी, वडा नं. ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारी, वडा नं. ३२ का वडा सदस्य तिर्थवहादुर सुयाल, राधाकृष्ण मन्दिरका अध्यक्ष गणेश खत्री लगायतले धर्म र संस्कृतिका वारेमा बोलेका थिए ।
कार्यक्रमको संचालन संस्थाका सह सचिव भरत थापा र सदस्य विनोद भण्डारीले गरेका थिए ।

विष्णुहरि पाैडेल
पाैडेल गाउँ सहर डटकमका पाेखरा संवाददाता हुन् ।
- हाइकर्स क्लबको ५७ औं श्रृङ्खला भिमादको ‘घाङ्च ल्हुम’ मा
- २०औँ लेखनाथ महोत्सव सम्पन्न, १३औं पोखरा महोत्सव जारी
- एनप्याव्सन कास्कीले ग-यो ३३ विद्यालयका १ सय ४५ शिक्षक कर्मचारीको सम्मान
- कृषक पाठशाला बन्दै खनालको कुरिलाे खेती
- लेउवा संघको स्थापना दिवसमा दौड
- पोखरामा नागरिक सम्मान
- प्रदेश घोषणापत्र जारी गर्दै सकियो पुस्तकाल सम्मेलन
- पोखरा विश्वविद्यालयले २७ वर्ष पछि शिक्षण अस्पताल संचालन गर्दै
- १२औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु
- वेगनासतालमा प्रथम ड्रागन बोट रेस प्रतियोगिता हुने
प्रतिकृया दिनुहोस