गाउँ सहर

राधाकृष्ण सांस्कृतिक समूहको सातौँ खुल्ला भजन चुड्का प्रतियोगितामा प्रथममा सत्संग भजन समूह

पोखरा । राधाकृष्ण सांस्कृतिक समूह, पोखरा–३२ द्वारा आयोजित ७ औँ खुल्ला भजन चुड्का प्रतियोगितामा शिशुवा सत्संग भजन समूह, पोखरा–२९ ले प्रथम स्थान हासिल गरेको छ ।

श्रीकृष्णजन्माष्टमी पर्वका अवसरमा आयोजित प्रतियोगिताको द्वितीय स्थान माछापुच्छरे  समूह हेमजा, पोखरा–२५ले प्राप्त ग-यो भने पञ्चासे भजन समूह पोखरा–२४ ले तृतीय स्थान हासिल गर्यो । प्रतियोगिताको सान्त्वना स्थानमा काम धेनु कृषि महिला भजन समूह, हेमजा, पोखरा–२५ ले हासिल गर्यो । प्रतियोगिताका विजयी प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः ४० हजार, ३० हजार, २० हजार १० हजार रुपैयाँ पुरस्कार र प्रमाणपत्र प्रदान गरियो ।

प्राियोगिताको उद्घाटन गर्दै  गण्डकी प्रदेश सभा सदस्य दिपक कोइरालाले धर्म कर्म संस्कृति हराई रहेको बेला राधाकृष्ण सांस्कृतिक समूहले मौलिकता युक्त प्राचीन संस्कृतिको जगेर्ना गरेको औँल्याउँदै लोक संस्कृति, धर्म परम्परा जोगाउन हामी सबैको दायित्व भएको बताए ।

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले धर्म संस्कृति हाम्रा सम्पत्ति भएको बताउँदै यिनीहरूको जगेर्ना गर्नुपर्नेमा जोड दिए ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्का बिखर्चीले प्रदेशमा विद्यमान कला संस्कृतिको जगेर्नाका लागि प्रतिष्ठानले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

राधाकृष्ण सांस्कृतिक समूहका अध्यक्ष विश्वभुषण खनालले समूहका तर्फबाट प्राचीन संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ वर्षेनी श्रीकृष्ण जन्माष्टमीका अवसरमा कार्यक्रम गर्दै आइएको बताए । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, भोलाप्रसाद भण्डारी, सञ्जय ढकाल लगायतले लोपोन्मुख संस्कृतिको जगेर्नाका लागि सबैको साथ र सहयोग आवश्यक हुनेमा जोड दिएका थिए ।

प्रतियोगितामा कुल ११ वटा समूहले भाग लिएको समूहका सचिव पुष्पराज शर्मा पौडेलले जानकारी दिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत