संस्कृति जाेगाउन भजन किर्तन तालिम
- गाउँ सहर संवाददाता
- ७ माघ आइतबार, २०८० | १८:५०:०० मा प्रकाशित

पाेखरा । पाेखरा महानगरपालिका वडा नं.३३ मा भजन किर्तन तालिम सम्पन्न भएको छ ।
स्थानीय संस्कृतिको संरक्षण गर्ने उद्देश्यले वडा कार्यालयको आयोजनामा भजन किर्तन तालिम सम्पन्न गरिएको वडा अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिए । उक्त वडाले संचालन गरेको भजन किर्तन तालिमको समापनमा वडा सदस्य प्रकाश कार्की, दुर्गा के.सी. थापा र लिला नेपाली,स्थानीय शंकर अधिकारीले बाेलेका थिए ।
पुरानो संस्कृतिका रूपमा रहेको भजन चुट्का लोप हुने अवस्था आएपछि संरक्षणका लागि तालिम प्रदान गरिएको उनले बताए । “गाउँ गाउँमा पहिले सामूहिक भजन गाउने संस्कृति थियो, खुसीयालीका अवसरमा समेत भजन गाउने प्रचलन थियो, वडा अध्यक्ष अधिकारीले भने, अहिले पुरानो पुस्ता कमजोर बन्दै गएपछि यो लोप हुने अवस्थामा पुग्यो, तसर्थ यसलाई पुस्ता हस्तान्तरण गर्ने र संरक्षणका लागि प्रोत्साहन गर्ने उद्देश्यले यस प्रकारको तालिम दिइएको हो ।”
साबिक लेखनाथ नगरपालिकाको वडा नं. १६, १७, १८ का विभिन्न स्थानहरूमा २०/२० जनाको टोली बनाई प्रदान गरिएको तालिममा ६० जनाको सहभागिता रहेको थियो । एक हप्ते भजन कीर्तन तालिममा सहभागीहरूलाई प्रशिक्षकहरू सन्तोष अधिकारी, रमादेवी गौतम र साकार अधिकारीले प्रशिक्षण प्रदान गरेका थिए । "आगामी दिनमा तालिममा सहभागी टिमले भजन किर्तनको एल्बम निकाल्ने तयारीमा रहेको र उक्त एल्बम निकल्दा वडाको सहयोको अपेक्षा गरेको" प्रशिक्षक सन्तोष अधिकारीे बताए ।
अहिले सम्म यस वडामा यस्तो कार्यक्रम नआएको र अहिलेका जनप्रतिनिधिले यो तालिम वडावासीलाईदिएर वडामा लोप हुँदै गएको संस्कृति जोगाएको" प्रशिक्षक रमा गौतमले बताइन् । सहभागीहरुबाट बिष्णु प्रसाद भण्डारी र साबित्री अधिकारीले आफ्नो मन्तव्य दिएका थिए । ३ टिममा बिभाजन गरिएको टिमको प्रतिसप्रधा गरिएको थियो र प्रतिस्पर्धामा साबिक वडा नं १६ (छप्ल्याङ) प्रथम भएको थियो ।
तालिममा सहभागीहरूलाई वडा अध्यक्ष अधिकारीले प्रमाणपत्र प्रदान गरे । समापनका अवसरमा उनीहरूलाई प्रमाणपत्र प्रदान गरिएको हो । कार्यक्रमको सञ्चालन वडा सचिव युवराज पौडेलले गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस