स्वास्थ्य

विश्वभर ७ कराेड ७० लाख जना काेराेना भाइरसमुक्त, २२ लाख ९२ हजारकाे मृत्यु, एक लाख बढि गम्भीर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड ५८ लाख ८२ हजार जनामा काेराेनाभाइरस सक्रिय छ । 

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ७ करोड ७० लाख ८१ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १० करोड ५४ लाख १ हजार नाघेको छ भने मृतकको संख्या २२ लाख ९२ हजार ७३० जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख ५ हजार ८३३ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा २ कराेड ७२ लाख ७३ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ४ लाख ६६ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २४ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म १ कराेड ७० लाख ३१ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ९७ लाख ७५ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ८ लाख ३ हजार ५३३ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ५४ हजार ८६२ जनाको ज्यान गइसकेको छ । जसमध्ये १ कराेड ४ लाख ९५ हजार ४०१ जना निको भएका छन् । सक्रिय केस १ लाख ५३ हजार २७० मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ९३ लाख ९७ हजार जना संक्रमितमध्ये ८२ लाख ९१ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने २ लाख २८ हजारभन्दा बढी छन् । हाल ८ लाख ७७ हजार जनामा काेराेना भाइरस सक्रिय छ । 

नेपालमा भाइरस संक्रमित २ लाख ७१ हजार ६०२ जना पुगेका छन् भने २ लाख ६७ हजार २९२ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या २ हजार ३३ पुगेको छ भने २ हजार २७७ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत