राजनीति

श्री ५ को सरकार भनेकोमा मन्त्रीले माफी  मागे 

 काठमाडौँ ।  श्री ५ को सरकार भनेकोमा मन्त्रीले माफी मागेका छन् । खानेपानी मन्त्री मणि थापाले शनिबार एक कार्यक्रममा मन्तव्य दिइरँदा आफूले श्री ५ को सरकार भनेकोमा माफी मागेका हुन् । उनले भेलालाई सम्बोधनका क्रममा भुलवस नेपाल सरकार हुनुपर्नेमा अन्यथा भएको बताएका छन् ।

‘उनले भने, मेरो पुरै राजनीतिक जिवन, क्रान्ति र परिवर्तनमा विताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु । भुलवस ती शब्द (श्री ५ को सरकार) प्रयोग हुन गएकोमा क्षमा चाहन्छु’, । उनले भुलवस प्रयोग भएका शब्द तत्कालै सच्याइएकोले भ्रममा नपर्न पनि सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन् ।

‘शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भुलवस अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ । आम नेपाली नागरिक, मेरो शुुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै दुविधा नराखिदिनुहुन अनुरोध गर्दछु’, मन्त्री थापाले भनेका छन् ।

शनिबार सुर्खेतमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै ‘सबैलाई म सम्मान गर्न चाहन्छु, जो मञ्चमा आशिन हुनुहुन्छ। सुर्खेतका आदरणीय जनसमुदायहरू, म सबैलाई नेकपा स्थायी कमिटीको तर्फबाट र श्री ५ को सरकारबाट‘ ए सरी नेपाल सरकारको तर्फबाट यो कार्यक्रममा म तपाईँहरूलाई लालसलाम भन्न चाहन्छु’ उनले भनेका थिए ।

गाउँ सहर डेस्क

तपाईँको मत