प्रतिपक्षी दलका नेताले पशुपतिमा भ्रष्टाचार गरेको अभिव्यक्तिप्रति सरकारले माफी माग्नुपर्ने : सुवास चन्द्र नेम्वाङ्ग
- गाउँ सहर संवाददाता
- १२ जेठ शुक्रबार, २०८० | १४:००:०० मा प्रकाशित
काठमाडौं । शुक्रबार बसेको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीपछि बैठक स्थगित भएको छ । एमाले सांसदहरुले वेल घेराउ गरेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।
एमाले प्रमुख सचेतक पदम गिरीले माओवादीका तर्फबाट माफी नमाग्दासम्म बैठक चल्न नदिने बताए । त्यसपछि एमालेले नाराबाजी शुरू गरेको थियो । एमाले सांसदहरु उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सुवास चन्द्र नेम्वाङ्गलाई बोल्न समय दिए । त्यसपछि नेम्वाङ्गले सत्तारुढ दलकै सांसदबाट पशुपतिनाथ मन्दिरमा राखेको सुनको जलहरीमा भएको अनियमिततामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नता रहेको आरोप लगाएको भन्दै सरकारको जवाफ नआएसम्म सदन चल्न नसक्ने चेतावनी दिए ।
प्रतिनिधिसभा बैठकमा सत्ता पक्षका सांसदहरूले प्रतिपक्षी दलका नेताले भ्रष्टाचार गरेको भनेर निराधार आरोप लगाएको भन्दै एमाले सांसदहरूले प्रतिनिधिसभाको बैठकमा अवरोध सिर्जना गरेका हुन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
- नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
- भारत-पाकिस्तान तनावबारे नेपालकाे यस्ताे छ आधिकारिक धारणा
- दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार दोहोरो अंकले घटेर बन्द
- राजावादीले राजसंस्था पुन:स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन
- नीति तथा कार्यक्रममा संसदमा छलफल जारी (लाइभ)
- दिलिप पौडेलको कथासंग्रह ब्लफर्स डायरीको लोकार्पण
- सदनमा नीति तथा कार्यक्रममाथि छलफल जारी (लाइभ)
- भारत पाक तनावबारे चीनको प्रतिक्रिया-सैन्य कारबाही खेदजनक
- नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै
प्रतिकृया दिनुहोस