रास्वपाले माफी मागेपछि नयाँकिरण माविमा मतदान सुचारु
- गाउँ सहर संवाददाता
- १० बैशाख आइतबार, २०८० | १६:३५:०० मा प्रकाशित

चितवन । भरतपुर महानगरपालिका–११ स्थित नयाँकिरण माविको मतदानस्थलमा मतदान रोकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आचारसंहिता उल्लङ्घन गरेको स्वीकार गरेर माफी मागेर निर्वाचन आयोग पठाउने सहमति पछि मतदान सुचारु भएको छ ।
चितवन क्षेत्र नं २ को भरतपुर महानगरपालिका–११ स्थित नयाँकिरण माविको मतदानस्थलमा मतदान प्रक्रिया स्थगित भएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएसँगै बिहान ११ः३० बजेबाट मतदान स्थगित भएको थियो । यस स्थलमा सात केन्द्रबाट मतदान भइरहेको थियो ।
मतदानस्थलमा छलफल पछि राष्ट्रिय स्वतन्त्र पार्टीले आचारसंहिता उल्लङ्घन गरेको स्वीकार गरेर माफी मागेर निर्वाचन आयोग पठाउने सहमति पछि मतदान सुचारु गर्ने सहमति भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
- नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
- भारत-पाकिस्तान तनावबारे नेपालकाे यस्ताे छ आधिकारिक धारणा
- दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार दोहोरो अंकले घटेर बन्द
- राजावादीले राजसंस्था पुन:स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन
- नीति तथा कार्यक्रममा संसदमा छलफल जारी (लाइभ)
- दिलिप पौडेलको कथासंग्रह ब्लफर्स डायरीको लोकार्पण
- सदनमा नीति तथा कार्यक्रममाथि छलफल जारी (लाइभ)
- भारत पाक तनावबारे चीनको प्रतिक्रिया-सैन्य कारबाही खेदजनक
- नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै
प्रतिकृया दिनुहोस