कला

रिक्सा खुट्टाले होइन पेटबाट चल्छ

Photo Credit : drewbinsky.com

आवाज दिएर
रिक्सावाललाई बोलाएँ
उ केहि
लङ्गडाउँदै आयो ।

मैले सोधेँ—
यार, पहिले यो बताउ,
खुट्टामा चोट छ कसरी चलाउँछौँ ?

रिक्सावालाले भन्छ—
दाजू,
रिक्सा खुट्टाले होइन
पेटबाट चल्छ ।

संजीब ढुंगाना

तपाईँको मत