ब्लग

चुनावकाे मुखमा कुरा धेरै भयाे... काम गर्ने कि !

काठमाडाैँ । चुनावकाे मुखमा दल र दलका नेताले कुरा बढी गर्छन्, कार्यकाल सक्छन् तर काम गर्न सक्दैनन/गर्दैनन् । उडन्ते कुरा गर्छन चुनावकाे मुखमा । "चुनावकाे मुखमा जति झुट नेताले कहिल्यै बाेल्दैनन्" सावित नै छ ।

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग फोनमा कुराकानी गर्न १ लाख ७१ हजार ७८३ जनाले नाम र नम्बर टिपाएका छन् । बुधबार ओलीमा आफ्नो फेसबुक पेजमा पेष्ट गर्दै कात्तिक ४ गते जनतासँग कुराकानी गर्ने बताएका थिए । उनीसँग कुराकानी गर्न इच्छुकले उनको फेसबुक पेज केपी शर्मा ओलीमा मोबाइल नम्बर र म्यासेज गर्न अनुरोध गरिएको छ । उनीसँग कुराकानी गर्न चाहनेका लागि उनको पेसबुक पेजमा बिहीबार १२ बजेसम्म म्यासेज गर्ने समय दिइएको छ ।

उनीपनि कुरा गर्न सिपालू तर भनेका काम नगर्नेमा पनि सिपालू ।

ओलीमात्र हाेइन सञ्जालमा जाेडिएर याे समयमा कुरा सबै नेताले गरिनैरहेका छन् । कुरै गर्न घरदैलाे तताएका छन् । तर हामीले कुराबाट के पायाैँ ? जनजनले प्रश्न गरेका छन् । खाना खाइस, सुतिस्, जागिर लगाइदिउँदा हाम्राे सरकार भएपछि, यस्तैयस्तै कुरा ।

अहिले कुरा भन्दापनि काम गर्ने नेता चाहिएकाे छ देशमा । कुरा धेरैले, धेरैथरिका गरे तर काम गरेनन् । विदेशी यात्रा बढाउने कुरामात्र गरे, गफमात्र गरे । आत्मनिर्भरताकाे नयाँ परिभाषा खाेज्न थाले । देशकाे ऋण बढाउन थाले । व्यक्तिगत व्यापारमा संगठन घुसाए । बाेलेर गरेकाे कुरा यत्ति नै हाे ।

अब कति कुरा मात्र गर्ने ? काम गराैँ भन्ने औँलामा मात्र गनिने छन् । अन्धाेभक्त, काम मिलाएका, जागिर दिएका, तलब पाएका र रच चुसेका मात्रले नराम्राेपनि राम्राे भन्छन्, अरूले भन्दैनन् । नराम्राे भएपनि उनैकाे बजार तातेकाे छ । काेही देखासिखी, काेहि खर्च, काेही प्रलाेभनमा कुरा गरिरहेका छन् ।

भाे अब कुरा अति भयाे.....काम गर्ने कि !

संजीब ढुंगाना

तपाईँको मत