ब्लग

के दलहरु भन्दा स्वतन्त्र तथा युवा उम्मेदवारप्रति जनताहरुको आशा बढेको हो ?

हालका दलहरुसँग विकास तथा समृद्धि एजेन्डाहरू छन् तर कार्यान्वयन पक्ष छैन । यो नेपालको राजनीतिक प्रणालीका लागि दुर्भाग्यको कुरो हो किनभने यहाँ सबै व्यवस्थालाई सवल बनाउने सोच कसैमा पनि छैन । जसका कारण युवाहरु राजनीतिमा आएका छन्, स्वतन्त्र उम्मेदवारी बढेको छ । पार्टीहरुमा आपसी विश्वास नभएका कारण तथा लोभलालच अनि सत्तामाेहका कारण पनि यस्तो अवस्था आएको हो ।

कार्यान्वयन नगर्ने भएपछि मंसिर ४ मा हुने निर्वाचनका लागि दलसँग विकास तथा समृद्धिका एजेन्डाहरू छैनन्  भन्दा पनि फरक पर्दैन । पछिल्लो समय राजनीतिप्रति मानिसहरुको वितृष्णा बढेका कारण पनि दलका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवार र युवाप्रति मानिसहरुको आशा बढेको छ ।

विगतमा एमाले र माओवादीको गठबन्धनले नेकपा बनाए पनि आन्तरिक द्वन्द्व र शक्तिसंघर्षमै धेरै समय व्यतीत भयो । स्थायित्व र सुशासनका पक्षमा मतदान गरेका जनतालाई पूरै निराश तुल्याउने काम गरे । अदालतले नेकपालाई वैधता नदिएपछि माओवादी र एमाले पुनः छुट्टाछुट्टै दलको हैसियतमा फर्किए । एमालेबाट फुटेर माधव नेपालको नेतृत्वमा नयाँ पार्टी बन्न पुग्यो भने माओवादीका केही नेताहरू एमालेमै समाहित भए । 

एमाले र माओवादी कमजोर भएपछि कांग्रेसले सत्ताको नेतृत्व गरिदिनुपर्ने अवस्था उत्पन्न भयो । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनिदिन माओवादी नेता प्रचण्ड र एकीकृत समाजवादी नेता माधव नेपालले बारम्बार आग्रह गर्नुपर्‍यो । कांग्रेसले माओवादी केन्द्र लगायतका अन्य साना राजनीतिक दलहरूसँग गठबन्दन गरी एमालेलाई एक्ल्याउने र बहुमतसहितको ठूलो दल बन्ने बाटोमा छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा पाँचदलीय सत्तारूढ गठबन्धनले राम्रै सफलता प्राप्त गरेकाले वैचारिक र सैद्धान्तिक भिन्नताका बावजुद गठबन्धन अघि बढाउन सत्तारूढ दलहरू तयार भएका हुन् । जनता सचेत हुन समय अवस्य नै समय लाग्छ । हाल नेपालमा दलहरु जेष्ठ नागरिकको नेतृत्वमा छ र देसको नेतृत्व पनि तिनैको हातमा छ  । अबको समय हो पुस्तान्तरणको ।  निर्बाचन एउटा अवसर पनि युवालाई छानेर पुस्तान्तरणको पक्क्षमा मतदान गर्ने । 

नेपालमा दलहरुमा सिद्धान्त नभएको अवस्था छ । नामका प्रजातन्त्रिक तथा नामका कम्युनिस्ट भएका कारण यो अवस्था आयो ।  कम्युनिस्टहरु बढि शोशक तथा सामन्ती भए  प्रजातन्त्रिक भनिने नेताहरुहरु अलोकतान्त्रिक चरित्रका भएका कारण यो अवस्था आएको हो । यहाँ न एमाले, माओवादीले कम्युनिस्टको चरित्र देखाएको छ, न त कांग्रेसले लोकतन्त्रको चरित्र देखायो । यहाँ कसैमा राजनीतिक सोच तथा संस्कार छैन ।

राजनीति दलप्रति मानिसहरुको घृणा बढेका कारण पनि दलका उम्मेदवारभन्दा स्वतन्त्र तथा युवा उम्मेदवारप्रति मानिसहरुको आशा बढेको छ । बालेन शाह र हर्क साम्पाङ जस्ता स्वतन्त्र उम्मेदवारको काम गराई हेर्ने हो भने नेपालको राजनीतिमा पुस्तान्तरण को आवश्यकता देखिन्छ र निर्बाचनले नै पुस्तान्तरण को बाटो खोल्छ ।

नेतृत्वहरुकै कारण देशमा संकट आएको, बिदेशी चलखेल बढेको देश पिछडिएको हो । दलहरु पुस्तान्तरणको बाटोमा हिडेको भए जनताको आशा अलिकति पनि रहन्थ्यो होला जे भएपनि  आगामी  चुनाबको नतिजा जे आए पनि अब आउने नेतृत्वले जनता खुसी छैनन् भन्ने चाहीँ बुझ्नुपर्छ ।

संजीब ढुंगाना

तपाईँको मत