कविशिरोमणिको १४१ औं जन्मजयन्तीको अवसरमा कविता प्रतियोगिता
- गाउँ सहर संवाददाता
- १३ पौष शनिबार, २०८१ | २१:२५:०० मा प्रकाशित

पोखरा । कविशिरोमणि लेखनाथ पौड्यालको १४१ औं जन्मजयन्तीको अवसरमा आयोजित त्रिदिवसीय कार्यक्रम अन्तर्गत लायन्स क्लब अफ लेखनाथले राखेको कविता प्रतियोगितामा जुनियर सिटीजन्स एकेडेमीकी सापेक्षा सुवेदीले प्रथम स्थान हाँसिल गरिन् ।
प्रतियोगितामा गोगन माविकी सुजाता पौडेलले द्धितीय स्थान हाँसिल गरिन् भने डायमण्ड माविकी योग्यता ढुङ्गानाले तृतीय स्थान हाँसिल गरिन् । यसै गरी त्रिभुवन शान्ति माविकी सुजाता सापकोटाले चौथो स्थान हाँसिल गरेका संयोजक सुन्दर ढकालले बताएका छन् ।
विजेताहरुलाई कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल पोखरा–२७ अर्चलेमा १५ गते हुने मूल समारोहमा पुरस्कारद्वारा सम्मान गरिने लायन्स क्लब अफ लेखनाथका अध्यक्ष कृष्णप्रसाद तिमिल्सेनाले बताए ।
उक्त अवसरमा कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति एवम् लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकाल,निर्णायक ऋषिकेश बराल, लेखनाथ जन्मस्थल विकास समितिका कार्यबाहक अध्यक्ष गोपीराज पौडेल, लेखनाथ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रतियोगितामा निर्णायकहरु ऋषिकेश बराल,लोकचन्द्र खनाल र सुरेश मानन्धर रहेका थिए । लायन्स क्लब अफ लेखनाथका सचिव तुलसी सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए । १५ गते हुने मूल समारोहमा लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कार लगायत विभिन्न पुरस्कारहरु वितरण गरिने भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस