कविशिरोमणिको १४० औं जन्मजयन्तीको अवसरमा कविता प्रतियोगिता
- गाउँ सहर संवाददाता
- १३ पौष शुक्रबार, २०८० | २१:४१:०० मा प्रकाशित

पोखरा । कविशिरोमणि लेखनाथ पौड्यालको १४० औं जन्मजयन्तीको अवसरमा उनको जन्मस्थल पोखरा–२७ अर्चलेमा स्थानीय जनएकता युवा क्लबले राखेको कविता प्रतियोगितामा रिलायन्स पब्लिक स्कुलकी एलिसा मिश्रले प्रथम स्थान हासिल गरिन् ।
प्रतियोगितामा जनप्रकाश माविकी आशा परियारले द्वितीय स्थान हासिल गरिन् भने न्यू एरा माविकी सदिक्षा अधिकारीले तृतीय स्थान हासिल गरिन् ।यसै गरी त्रिवेणी पब्लिककी प्रकृति अधिकारीले चौथो स्थान हासिल गरिन् ।
यसै गरी जन्मजयन्तीकै अवसरमा लायन्स क्लब अफ लेखनाथले राखेको कविता प्रतियोगितामा ग्लोबलका अनुपम रिजालले प्रथम स्थान हासिल गरे । प्रतियोगितामा अमरसिंह माविकी करुणा काफ्लेले द्वितीय स्थान हासिल गरिन् भने डायमण्ड माविकी सुरवी पौडेलले तृतीय स्थान हासिल गरिन् । यसै गरी शितलादेवी माविका अनुराग सापकोटाले चौथो स्थान हासिल गरेका संयोजक शिव लामिछानेले बताएका छन् । विजेताहरुलाई कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल पोखरा–२७ अर्चलेमा १५ गते हुने मूल समारोहमा उनीहरुलाई पुरस्कारद्वारा सम्मान गरिने लायन्स क्लब अफ लेखनाथका अध्यक्ष रमानाथ पौडेलले बताए ।
लेखनाथ जन्मस्थल विकास समितिका कार्यबाहक अध्यक्ष गोपीराज पौडेल, जनएकता युवा क्लब अध्यक्ष मनिष वाग्ले, पोखरा २७ का वडाध्यक्ष पुर्ण कुमार गुरुङ, जनएकता युवा क्लबका सल्लाहकार गोविन्द वाग्ले, जनप्रतिनिधिहरु, निर्णायक मदन घिमिरे, नवराज अधिकारी लगायतले लेखनाथ पौड्यालद्वारा रचित कविताहरु सुनाएका थिए भने लायन्स क्लब अफ लेखनाथको कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल,निर्णायक ऋषिकेश बराल, लायन्स क्लब अफ लेखनाथका सचिव तुलसी सापकोटा लगायतले बोलेका थिए ।
१५ गते हुने मूल समारोहमा लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कारबाट यस वर्ष कान्तिपूर राष्ट्रिय दैनिकका पोखरा संवाददाता दीपक परियारलाई सम्मान गरिने भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
प्रतिकृया दिनुहोस