गोर्खाज फाइनान्सकाे मुनाफामा उल्लेखनीय बृद्धि
- गाउँ सहर संवाददाता
- ११ माघ आइतबार, २०७७ | ११:१८:०० मा प्रकाशित

काठमाडाैं । गोर्खाज फाइनान्सकाे खुद मुनाफामा उल्लेखनीय बृद्धि भएकाे छ ।
फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १७ करोड ३ लाख रुपैयाँ नाफा गरेको छ । फाइनान्सको नाफा गत वर्षको यसै अवधिको तुलनामा १० करोड ९१ लाख अर्थात १७८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा फाइनान्सले ६ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
फाइनान्सले १३ करोड ७३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने १४ करोड ३० लाख रुपैयाँ अन्य सञ्चालन आम्दानी गरेको छ ।
अन्य संचालन आम्दानीमा आएको उच्च सुधारले फाइनान्सको नाफा बढेको हो ।
८६ करोड ६५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाईनान्सको जगेडा कोषमा ७४ करोड रुपैयाँ सञ्चित छ भने शेयरधनीकोष २३ लाख रुपैयाँले ऋणात्मक देखिन्छ ।
पुस मसान्तसम्ममा ७ अर्ब ७२ करोड ४७ लाख रुपैयाँ निक्षेप संकलन गरेको फाईनान्सले ५ अर्ब ४६ करोड ७७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिसम्ममा फाईनान्सले १३ करोड ७३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत वर्षको यसै अवधिको तुलनामा ३ करोड ५५ लाख कम हो ।
फाइनान्सको प्रतिशेयर आम्दानी ३९ पैयाँ २५ पैसा छ भने प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ २१ पैसा, मूल्य आम्दानी अनुपात ७.०८ गुणा रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस