गोर्खाज फाइनान्सकाे मुनाफामा उल्लेखनीय बृद्धि
- गाउँ सहर संवाददाता
- ११ माघ आइतबार, २०७७ | ११:१८:०० मा प्रकाशित
काठमाडाैं । गोर्खाज फाइनान्सकाे खुद मुनाफामा उल्लेखनीय बृद्धि भएकाे छ ।
फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १७ करोड ३ लाख रुपैयाँ नाफा गरेको छ । फाइनान्सको नाफा गत वर्षको यसै अवधिको तुलनामा १० करोड ९१ लाख अर्थात १७८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा फाइनान्सले ६ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
फाइनान्सले १३ करोड ७३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने १४ करोड ३० लाख रुपैयाँ अन्य सञ्चालन आम्दानी गरेको छ ।
अन्य संचालन आम्दानीमा आएको उच्च सुधारले फाइनान्सको नाफा बढेको हो ।
८६ करोड ६५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाईनान्सको जगेडा कोषमा ७४ करोड रुपैयाँ सञ्चित छ भने शेयरधनीकोष २३ लाख रुपैयाँले ऋणात्मक देखिन्छ ।
पुस मसान्तसम्ममा ७ अर्ब ७२ करोड ४७ लाख रुपैयाँ निक्षेप संकलन गरेको फाईनान्सले ५ अर्ब ४६ करोड ७७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिसम्ममा फाईनान्सले १३ करोड ७३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत वर्षको यसै अवधिको तुलनामा ३ करोड ५५ लाख कम हो ।
फाइनान्सको प्रतिशेयर आम्दानी ३९ पैयाँ २५ पैसा छ भने प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ २१ पैसा, मूल्य आम्दानी अनुपात ७.०८ गुणा रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ३९ सय १६ सम्पर्कविहीन
- राष्ट्रियसभाले पारित गर्यो विशेष प्रस्ताव
- करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
प्रतिकृया दिनुहोस