करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित
- गाउँ सहर संवाददाता
- १६ भदौ मंगलबार, २०८३ | १५:१२:०० मा प्रकाशित
काठमाडाैं । सरकारले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ तत्काललाई स्थगित गर्ने निर्णय गरेको छ।
आन्तरिक राजस्व विभागले विपद्को वर्तमान अवस्थालाई मध्यनजर गर्दै आज सार्वजनिक गर्ने तय भएको चिठ्ठाको नतिजा स्थगित गरिएको जानकारी दिएको छ।
कार्यक्रमअन्तर्गत यसअघि दुई चरणको चिठ्ठा खोलिसकिएको छ। पछिल्लो चरणका लागि भदौ १५ गतेसम्मका कुपन हिजो (सोमबार)चिठ्ठामार्फत तानिएको थियो।
आज (मंगलबार) ती कुपनबाट छनोट भएका विजेताको नाम सार्वजनिक गर्ने कार्यक्रम तय भएको थियो।
तर, विपद्को अवस्थाका कारण आजका लागि तय भएको नतिजा सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरिएको आन्तरिक राजस्व विभागले जनाएको छ।
नतिजा स्थगित भए पनि योग्य कारोबारका आधारमा कुपन तयार हुने प्रक्रिया भने निरन्तर चल्ने बताइएको छ।
शाहका अनुसार प्रणालीमा योग्य कारोबारका आधारमा कुपन थपिँदै जानेछन् र अहिलेको कार्यक्रमका कुपन सुरक्षित रहनेछन्।
स्थगित भएको कार्यक्रम र त्यसपछिको अर्को कार्यक्रमको नतिजा एकैपटक सार्वजनिक गर्ने तयारी गरिएको छ।
यस विषयमा आन्तरिक राजस्व विभागले औपचारिक सूचना जारी गर्ने तयारी गरेको छ।
नतिजा सार्वजनिक गर्ने नयाँ मिति, संयुक्त चिठ्ठामा समेटिने अवधिलगायत विषय विभागले जारी गर्ने सूचनामार्फत स्पष्ट पार्नेछ।
सरकारले उपभोक्तालाई सामान तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिन प्रोत्साहित गर्ने उद्देश्यले 'करदाता प्रोत्साहन उपहार कार्यक्रम' सञ्चालनमा ल्याएको हो।
कार्यक्रममा योग्य कारोबार गर्ने उपभोक्तालाई कुपन उपलब्ध गराई चिठ्ठामार्फत विजेता छनोट गर्ने र नगद पुरस्कार प्रदान गर्ने व्यवस्था छ।
आजको चिठ्ठा स्थगित भए पनि यस अवधिमा योग्य बिल काट्ने उपभोक्ताको सहभागिता भने प्रभावित नहुने बताइएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ३९ सय १६ सम्पर्कविहीन
- राष्ट्रियसभाले पारित गर्यो विशेष प्रस्ताव
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
प्रतिकृया दिनुहोस