अर्थतन्त्र

गोर्खाज फाइनान्सकाे आकर्षक बचत योजना ‘गोर्खा पेन्सन बचत खाता’

  • ८ जेठ बुधबार, २०७६ | १४:१४:०० मा प्रकाशित

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले अवकाश प्राप्त गोर्खाहरुको लागी आकर्षक बचत योजना ‘गोर्खा पेन्सन बचत खाता’ ल्याएको छ ।

‘गोर्खा पेन्सन बचत खाता’ मार्फत अवकाश प्राप्त गोर्खाहरुले आफ्नो पेन्सन प्राप्त गर्ने छन् । यो बचत खाता बहालवाला गोर्खाहरुले पनि खोल्न सक्ने छन् ।

आकर्षक ब्याजदर ८.५५ प्रतिशत रहेको याेजना अन्तर्गत शीर्षकमा खाता खोले बापत बिभिन्न आकर्षक सेवाहरु फाइनान्सले उपलब्ध गराउनेछ ।

गोर्खाज फाइनान्स लिमिटेडको खातामा पेन्सन आए पछि रु १५ लाख सम्म विना धितो कर्जाको पनि व्यवस्था रहेको छ ।

यस खाता खोले बापत निशुल्क डेबिट कार्ड, स्मार्ट मोबाइल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, तथा चेकबुक र स्टेटमेन्ट जस्ता सेवा तथा सुबिधाहरु उपलब्ध गराएको छ । यस खातामा रु ३ लाख सम्मको निक्षेपमा बिमाको ब्याबस्था रहेको छ । आई. पि. एस. , सि-आस्वा जस्ता सेवा तथा आफूले चाहिएजति रकम झिक्न र राख्न सकिने प्रचार विभाग प्रमुख शम्भु राइले बताए ।

यो बचत खाता योजना फाइनान्सको २३ वटै शाखामा उपलब्ध छ । गोर्खाज फाइनान्स लिमिटेडको हाल सातै वटा प्रदेशमा आफ्नो शाखा सञ्जाल रहेको छ । फाइनान्सका शाखाहरु रवि, विर्तामोड, दमक, ईटहरी, धरान, भेडेटार धनकुटा, भोजपुर, छप्रादि सिराहा, वनेपा, विरगञ्ज, नारायणगढ, पोखरा, लखनचोक बुटवल, बिजौरी दाङ्ग, नेपालगञ्ज, सुर्खेत, चौमाला कैलाली तथा काठमाडौं उपत्याका भित्र डिल्लीवजार, बौद्ध, गोंगबु, न्युरोड, भक्तपुर र सातदोबाटो गरि जम्मा २३ वटा शाखाहरु संचालनमा रहेको छ । निकट भबिष्यमा फाइनान्सले अरु आकर्षक योजनाहरु पनि ल्याउने जनाएको छ ।

तपाईँको मत