गाउँ सहर

भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार तथा राहत कार्य जारी छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार बिहान ९ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढीबाट ठूलो मानवीय क्षति भएको जनाएको छ।

प्राधिकरणका अनुसार विभिन्न जिल्लामा ७३४ जनाको शव फेला परेको छ। चितवनमा सबैभन्दा धेरै २५९ जनाको शव फेला परेको छ। त्यस्तै, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १२ जनाको शव फेला परेको छ।

बाढीपछि २ हजार ४९८ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीनमा जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी, मकवानपुरतर्फ गएका व्यक्ति, विदेशी पर्यटक तथा नेपाली नागरिकसमेत रहेका छन्।

प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरी खोज तथा उद्धार कार्य भइरहेको छ। घाइते तथा बिरामीको उपचारका लागि प्रभावित क्षेत्रमा सर्जिकल मेडिकल टिमसमेत परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत