गोर्खाज फाइनान्सको सञ्चालकमा दुई सदस्य नियुक्त
- गाउँ सहर संवाददाता
- २१ श्रावण सोमबार, २०८१ | १८:०९:०० मा प्रकाशित

काठमाडाैं । गोखार्ज फाइनान्स लिमिटेडको शनिबार सम्पन्न सञ्चालक समितिको बैठकले सञ्चालक समितिमा रित्त रहेको संस्थापक समुहको सञ्चालक पदमा बाँकी अवधिको लागि युवराज राईलाई नियुक्त गरेको छ।
नेपाल सरकारमा उपसचिव पदमा रही लामो समय निजामती सेवामा कार्यरत रही सेवा निवृत राईसँग कोष तथा लेखा नियन्त्रण कार्यालय एवं भौतिक योजना तथा निर्माण मन्त्रालय लगायत विभिन्न विभाग र मन्त्रालयमा कार्य गरेको अनुभव रहेको छ।
त्यसैगरी सोही बैठकले रित्त रहेको स्वतन्त्र सञ्चालक पदमा प्रविण भट्टराईलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १७ बमोजिम आगामी चार वर्षको लागि स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको छ।
नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा गरी सेवा निवृत्त भट्टराईसँग विभिन्न वित्तीय संस्थामा सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृतको कार्यानुभव समेत रहेको छ। नवनियुक्त सञ्चालकहरुले गोर्खाज फाइनान्सको प्रगतिमा अतुलनीय योगदान पुर्याउने विश्वास संस्थाले लिएको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस