गोर्खाज फाइनान्स लिमिटेडद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण
- गाउँ सहर संवाददाता
- ३० मङ्सिर सोमबार, २०७६ | १२:३७:०० मा प्रकाशित

कैलाली । गोर्खाज फाइनान्स लिमिटेडले आफ्नो २५ औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलाली जिल्लाको गौरिगंगा नगरपालिका वडा नं.४ मा रहेको कालिका माध्यमिक विधालयका गरिब तथा जेहेन्दार विधार्थी बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
एक कार्यक्रम गरी गोर्खाज फाइनान्सका अध्यक्ष यादव चन्द्र राईले ६० जना विधार्थीहरुलाई स्वीटर प्रदान गरेका थिए । उक्त कार्यक्रममा बोल्दै अध्यक्ष राईले गोर्खाज फाइनान्स नाफामूखी संस्था मात्र नभएर सामाजिक उत्तरदायित्वका कार्यहरुमा पनि यस्तै कार्यहरु गर्दै जाने बताए ।
राष्ट्रिय स्तरको गोर्खाज फाइनान्स लिमिटेडले सातै वटा प्रदेशमा २३ वटा शाखा खोलि आफ्नो ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । हाल फाइनान्सले आफ्नो ग्राहकहरुलाई आधुनिक वित्तीय सेवाहरु मोबाइल तथा इन्टरनेट बैंकिङ, आइ.पि.एस. सेवा, डेविट कार्ड, सि–आस्वा जस्ता सेवा सरल रुपले प्रदान गर्दै आएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस