गोर्खाज फाइनान्स लिमिटेडद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण
- गाउँ सहर संवाददाता
- ३० मङ्सिर सोमबार, २०७६ | १२:३७:०० मा प्रकाशित
कैलाली । गोर्खाज फाइनान्स लिमिटेडले आफ्नो २५ औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलाली जिल्लाको गौरिगंगा नगरपालिका वडा नं.४ मा रहेको कालिका माध्यमिक विधालयका गरिब तथा जेहेन्दार विधार्थी बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
एक कार्यक्रम गरी गोर्खाज फाइनान्सका अध्यक्ष यादव चन्द्र राईले ६० जना विधार्थीहरुलाई स्वीटर प्रदान गरेका थिए । उक्त कार्यक्रममा बोल्दै अध्यक्ष राईले गोर्खाज फाइनान्स नाफामूखी संस्था मात्र नभएर सामाजिक उत्तरदायित्वका कार्यहरुमा पनि यस्तै कार्यहरु गर्दै जाने बताए ।
राष्ट्रिय स्तरको गोर्खाज फाइनान्स लिमिटेडले सातै वटा प्रदेशमा २३ वटा शाखा खोलि आफ्नो ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । हाल फाइनान्सले आफ्नो ग्राहकहरुलाई आधुनिक वित्तीय सेवाहरु मोबाइल तथा इन्टरनेट बैंकिङ, आइ.पि.एस. सेवा, डेविट कार्ड, सि–आस्वा जस्ता सेवा सरल रुपले प्रदान गर्दै आएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ३९ सय १६ सम्पर्कविहीन
- राष्ट्रियसभाले पारित गर्यो विशेष प्रस्ताव
- करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
प्रतिकृया दिनुहोस