गोर्खाज फाइनान्सकाे अध्यक्षमा यादव चन्द्र राई नियुक्त
- गाउँ सहर संवाददाता
- ८ बैशाख आइतबार, २०७६ | १४:१०:०० मा प्रकाशित
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडकाे अध्यक्षमा यादव चन्द्र राई नियुक्त भएका छन् ।
फाइनान्स संचालक समितिकाे बैठकले राईलाई अध्यक्षमा चयन गरेको हो ।
नवनियुक्त अध्यक्ष राईलाई आइतबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक श्री नारायण प्रसाद पौडेलले पद तथा गोपनियताको सपथ गराए । सो अवसरमा कार्यकारी निर्देशक पौडेलले नवनियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिदै सुदृढ संस्थागत सुशासन तथा ग्रामिण क्षेत्रमा वित्तीय पहुंच अभिवृद्धि गर्न सुझाव दिए ।
फाइनान्सले मुख्य कार्यालयसहित २३ वटा शाखाबाट देशको सातै प्रदेशमार्फत सर्वसाधारणलाई सेवा दिइरहेको छ ।
संस्थाले विभिन्न बचत योजना सञ्चालन गरिरहेको छ । बालबचत, नारी बचत, जेष्ठ नागरिक बचत, गोर्खा पेन्सन, स्टुडेन्ट सेभिङ र पेरोल सेभिङ्ग रहेका छन् । यसैगरी फाइनान्सले ३ लाख रुपैयाँसम्म निक्षेपमा बीमा, चाहेजति रकम झिक्न र राख्न सकिने, निशुल्क मोबाइल तथा इन्टनेट बैकिंङ, निशुल्क डेभिट कार्ड, एबिबिएस सेवा र निशुल्क चेकबुक तथा स्टे्टमेण्ट सेवा दिनेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ३९ सय १६ सम्पर्कविहीन
- राष्ट्रियसभाले पारित गर्यो विशेष प्रस्ताव
- करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
प्रतिकृया दिनुहोस