गोर्खाज फाइनान्सकाे अध्यक्षमा यादव चन्द्र राई नियुक्त
- गाउँ सहर संवाददाता
- ८ बैशाख आइतबार, २०७६ | १४:१०:०० मा प्रकाशित

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडकाे अध्यक्षमा यादव चन्द्र राई नियुक्त भएका छन् ।
फाइनान्स संचालक समितिकाे बैठकले राईलाई अध्यक्षमा चयन गरेको हो ।
नवनियुक्त अध्यक्ष राईलाई आइतबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक श्री नारायण प्रसाद पौडेलले पद तथा गोपनियताको सपथ गराए । सो अवसरमा कार्यकारी निर्देशक पौडेलले नवनियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिदै सुदृढ संस्थागत सुशासन तथा ग्रामिण क्षेत्रमा वित्तीय पहुंच अभिवृद्धि गर्न सुझाव दिए ।
फाइनान्सले मुख्य कार्यालयसहित २३ वटा शाखाबाट देशको सातै प्रदेशमार्फत सर्वसाधारणलाई सेवा दिइरहेको छ ।
संस्थाले विभिन्न बचत योजना सञ्चालन गरिरहेको छ । बालबचत, नारी बचत, जेष्ठ नागरिक बचत, गोर्खा पेन्सन, स्टुडेन्ट सेभिङ र पेरोल सेभिङ्ग रहेका छन् । यसैगरी फाइनान्सले ३ लाख रुपैयाँसम्म निक्षेपमा बीमा, चाहेजति रकम झिक्न र राख्न सकिने, निशुल्क मोबाइल तथा इन्टनेट बैकिंङ, निशुल्क डेभिट कार्ड, एबिबिएस सेवा र निशुल्क चेकबुक तथा स्टे्टमेण्ट सेवा दिनेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस