सडक/यातायात

धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौँ । धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका अनुसार त्रिशूली नदीले राजमार्गको भाग कटान हुँदा कृष्णभिर क्षेत्रमा पहिरो गएको र दुवैतर्फ सडक अवरुद्ध भएको हो ।

कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएपछि सोही राजमार्गहुँदै सञ्चालन हुने सवारीसाधन काठमाडौंमा रोकिएको जानकारी दिए ।

बाढीपहिरोका कारण रसुवासहित विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ ।

लगातारको वर्षा, बाढी तथा पहिरोका कारण सडकमा जुनसुकै बेला अवरोध हुनसक्ने भएकाले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन र जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत