अर्थतन्त्र

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमितलाई रकम हस्तान्तरण

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा मृतक बीमितकाे रकम परिवारलाई हस्तान्तरण गरेको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडबाट बीमा गरेका बीमित यज्ञप्रसाद गुरुङको वैदेशिक रोजगारीको क्रममा मृत्यु भएपछि कम्पनीले १३ लाख दावी भुक्तानी गरेको हाे ।

एक कार्यक्रमकाबीच इन्स्योरेन्स कम्पनीका ताहाचाल क्लस्टर प्रमुख नविन श्रेष्ठले बीमितलाई समयमानै दावी भुक्तानी गर्नु कम्पनीको दायित्व भएको बताउँदै दावी भुक्तानी यथाशिघ्र गर्ने कम्पनीको नीति रहेको बताए । 

क्लस्टर प्रमुख श्रेष्ठले भने, "बीमितहरुलाई समयमा नै दावी भुक्तानी गर्नु कम्पनीको दायित्व भएको हुँदा दावी भुक्तानी यथाशिघ्र गर्ने कम्पनीको नीति अनुरुप दावी भुक्तानी गरिएको हाे ।"

गाउँ सहर डेस्क

तपाईँको मत