अर्थतन्त्र

आइएमई भरोसा कोशद्वारा प्रदेश नंम्बर १ का लाभग्राहीलाई रकम हस्तान्तरण

काठमाडौँ । आइएमई भरोसा कोशद्वारा प्रदेश नंम्बर १ का लाभग्राहीलाई रकम हस्तान्तरण गरिएको छ । कोरोना भाइरस (कोभिड– १९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोश’ अन्तर्गत प्रदेश नंम्बर १ का लाभग्राहीहरूलाई रकम हस्तान्तरण गरिएको हो ।

आइएमईको प्रादेशिक सम्पर्क कार्यालय बिर्तामोड झापामा आयोजित एक विशेष कार्यक्रमकावीच आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहयोग राशी बराबरको चेक हस्तान्तरण गरेका छन् । चेक हस्तान्तरण कार्यक्रममा लाभग्राहीहरू, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय तथा प्रदेश पदाधिकारी एवम् सदस्यहरू लगायत ग्रुपका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

चेक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले कोरोना भाइरस (कोभिड – १९) ले ज्यान गुमाउन वाध्य प्रवासी श्रमिकका आश्रित परिवारलाई सक्दो सहयोग गर्नु कोशको मुख्य उद्देश्य रहेको बताए । 

कोशबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिँदै आएको छ । प्रदेश नंम्बर १ अन्तर्गतको बिर्तामोड क्षेत्रबाट कूल ४ जनालाई अध्यक्ष ढकालले उक्त सहयोग राशी हस्तान्तरण गरेका छन् । 

गाउँ सहर डेस्क

तपाईँको मत