अर्थतन्त्र

सिटिजन लाइफ इन्स्याेरेन्सद्वारा बीमित उपप्रममुख राईको घरमै गइ बीमा रकम हस्तान्तरण

धरान, सुनसरी । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी धरान शाखाले गाउँपालिका उपप्रमुखकाे घरमै पुगेर परिवारलाई बीमादाबी बापतकाे रकम भुक्तानी गरेकाे छ ।

कम्पनीले भाेजपुर हतुवगढी गाउँ पालिका फलामढुङाकी बीमित उपप्रमुखसमेत रहेकी स्व.चन्द्रमा राईको घरमै पुगेर ३ लाख ७४ हजार मृत्यु दाबीकाे चेक भुक्तानी गरेकाे हाे । 

साेही गाउँ पालिकाका प्रमुख प्रेमकुमार राई, प्रशासकीय अधिकृत मणिराम खतिवडा, वडाध्यक्ष जोरकुमार राई र सिटिजन लाइफ इन्स्योरेन्स धरान शाखा प्रमुख खगेन्द्र तोलांग लगायत कम्पनीका एजेन्सी म्यानेजरहरुको उपस्थितिमा उक्त रकम बराबरकाे चेक बीमितको भाइ महेन्द्र राईलाई हस्तान्तरण गरिएको हो ।

जीवनबीमा बारे छलफल

मंगलबार साेही कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मेयर राईले जीवन बीमाको महत्व र आवश्यकताको बिषयमा प्रष्ट पार्दै बीमाको सिद्धान्त तथा मर्मनुसार करार बमोजिम कम्पनीले दायित्व र जिम्मेवारी निर्वाह गर्ने बताए ।

भावनात्मक क्षतिलाई पुरा गर्न नसकेतापनि आर्थिक क्षतिलाई भने बीमाले ठूलो राहत पुर्‍याउने तथा बीमाबापत प्राप्त भुक्तानीले आश्रित परिवारका सदस्यहरुको जीवनयापन र सन्ततीहरुको शिक्षादिक्षा, सामाजिक कार्य गर्न बीमाले महत्वपूर्ण भूमिका खेल्ने बिषयमा धरान शाखा प्रमुख खगेन्द्र तोलागले बताए ।

थोरै रकम बचत गरेर परेको बेलामा जोखिम समेत बहन गर्न सक्ने हुँदा बीमा सम्बन्धि चेतना वृद्धि गर्नुपर्ने धारणा वडा अध्यक्ष  जोरकुमार राईले जाेड दिए ।

हतुवगढी –४  निवासी स्व. चन्द्रमा राईले सिटिजन जीवन सारथि बीमा योजनामा आफ्नो भाइ महेन्द्र राईलाई हकवाला रहने गरी तीन लाखको १५ वर्षे जीवन बीमा गरि दोस्राे किस्ता बुझाएकी थिइन् । उपमेयर राईको यही असोज ३ गते मृत्यु भएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत