दिगोविकास

नेपाल लाइफ इन्स्योरेन्सद्वारा १० लाख ३२ हजार रकम हस्तान्तरण

  • १३ असोज सोमबार, २०७६ | २२:११:०० मा प्रकाशित

रामेछाप । नेपाल लाइफ इन्स्योरेन्सले दुर्घटनामा परी निधन भएकी रामेछापको मन्थली नगरपालिका वडा नं -२ निवासी स्वर्गीय सुमित्रा कार्कीको परीवारलाई बीमा रकम उपलब्ध गराएकाे छ । 

इन्स्योरेन्सका प्रतिनिधिले मृतककाे घरमै पुगे बिमा रकम हस्तान्तरण गरेको हाे ।

स्वर्गीय कार्कीले २०७५ साल माघमा ५ लाख बराबरको  बीमा नेपाल लाइफ इन्स्योरेन्स मन्थली उपशाखामा गरेकी थिइन् ।

उनको बिमा गरेको ३ महिनामा नै २०७६ साल बैशाख १५ गते दुर्घटनामा परि असमाहिक निधन भएपछि कम्पनीले आज घरमै गई बिमा बापतको रकम १० लाख ३२ हजार ५ सय बिमितकी आमा सुन्तली कार्कीलाई भुक्तानी दिइएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी मन्थली उपशाखा प्रमुख राम खड्काले जानकारी दिए ।

तपाईँको मत