गाउँ सहर

सिटिजन लाईफ महेन्द्रनगर शाखाद्वारा मृत्यु दावी वापत रकम हस्तान्तरण

  • १५ कार्तिक शुक्रबार, २०७६ | ०८:०६:०० मा प्रकाशित

कञ्चनपुर । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड महेन्द्रनगर शाखाद्वारा बीमा वापतको मृत्यु दावीको रकम भुक्तान गरेकाे छ । 

कम्पनीका प्रमुख नवराज जोशी र उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका झलारी शाखाका प्रमुख मानबहादुर चन्द संयुक्तरुपमा बिहीबार कञ्चनपुरको लालझाडी गाँउपालिका–५ देखतभूलीका स्वर्गीय नाफरीदेवी सुनारका श्रीमान मन्धिर सुनारलाई कर्जा बीमा वाफतको मृत्यु दावीको चेक हस्तान्तरण गरेका छन् ।

सुनारको रु ५० हजार कर्जाको रकम मिनाहा गरी काजकिरीया खर्च रु दुई हजार पाँचसय र सहकारीको जीवन तथा आवास सुरक्षा योजना कार्यक्रम अन्तर्गतको रु १० हजार रकमको चेकसमेत स्वर्गीय सुनारका परिवारलाई प्रदान गरिएको छ ।

तपाईँको मत