गाउँ सहर

ब्रेन ट्यूमर भएकी खड्कालाई विदेशबाट आएकाे सहयाेग रकम हस्तान्तरण

काठमाडाैं । रामेछाप सुनापति गाउँपालिका -२ दिमीपाेखरी निवासी शान्ति खड्का पन्थ बिगत ८ महिनादेखि थला परेर ओछ्यानमै छिन् । श्रम गरेर खानुपर्ने पन्थकाे ब्रेन ट्यूमर भएपछि सात महिनाअघि नै अप्रेसन गरिएकाे थियाे । एकातिर  आर्थिक अभाव अर्काेतिर काेराेना महामारीकाे त्रासले उनी बेचैन छिन् । 

साेही क्रममा उनले रामेछाप नेपाली कांग्रेसका नेता महाधिवेशन प्रतिनिधि अर्जुन कुमार केसीसँग न कतैबाट केही सहयाेगकाे पहल हुन्छ कि भनेर सहयाेगकाे याचना गरिन् । केसीले याे कुरा थाहा पाएपछि विदेशमा रहेका केही नेपाली सहयाेगी मन भएका नेपालीहरूसँगकाे पहलमा केही रकम जम्मा गरे । र, साे रकम केसी सहित अन्य केही नेताहरूले शान्तिकाे निवासमै पुगेर हस्तान्तरण गरेका छन् । 

बिरामी शान्ति बस्ने काठमाडाैंकाे बाैद्ध तिनचुली स्थति काेठामै पुगेर केसीसहित नेपाली कांग्रेस रामेछापका पूर्वसभापति रामचन्द्र खड्का, उपसभापति जितेन्द्र कुमार माेक्तान, महाधिवेशन प्रतिनिधि भरत चाैलागाई, रामेछाप प्रदेश 'ख' का उम्मेद्वार जितबहादुर थापमगरले विदेशबाट २० जना दाताहरूले पठाएकाे सहयाेग रकम १ लाख ५५ हजार ८४२ रूपैयाँ (१३६१ अमेरिकी डलर) एकमूष्ट हस्तान्तरण गरेका हुन् । 

आर्थिक स्थिति अत्यन्तै कमजोर भएकोले मासिक १५ हजार बराबरकाे औषधी खानुपरिरहेकाे र निकट भविष्यमै थप अप्रेसन गर्नुपर्ने अवस्था रहेकाे बिरामी शान्ति खड्का पन्थले बताइन् । 

उनले सहयाेगकाे पहल गर्ने नेता केसी र सहयाेगी दाताप्रति विशेष धन्यबाद दिँदै आमागी दिनमा पनि सहयाेगकाे अपेक्षा गरिन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत