राजनीति
जसपाका मन्त्रीले लिए शपथ
- गाउँ सहर संवाददाता
- ३१ बैशाख सोमबार, २०८१ | १८:५९:०० मा प्रकाशित
काठमाडाैं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट मन्त्री बनेका प्रदीप यादव र राज्यमन्त्री हसिना खानले शपथ लिएका छन्।
सोमबार शीतल निवासमा आयोजित समारोहमा मन्त्री यादवलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका हुन्।
यस्तै, राज्यमन्त्री खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शवथ खुवाए।
उपेन्द्र यादव बाहिरिएपछि अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट एकजना मन्त्री र एक राज्यमन्त्री थपिएका हुन्।
प्रदीप यादव स्वास्थ्य तथा जनसंख्या र हसिना वन राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्।
आजै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिएको थियो।
हाल वनमन्त्री रहेका नवलकिशोर साह पार्टी विभाजनपछि अशोक राई पक्षतिर लागेका थिए।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
प्रतिकृया दिनुहोस