दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- गाउँ सहर संवाददाता
- २८ श्रावण बिहीबार, २०८३ | १५:१७:०० मा प्रकाशित
सुर्खेत । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बोर्ड बैठकले आगामी मंसिर १६ देखि २९ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो ।
शिक्षा तथा खेलकुद मन्त्रालयमा बसेको बोर्ड बैठकले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म आयोजना गर्ने निर्णय गरेको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव रविन्द्र चन्दले जानकारी दिए ।
उनका अनुसार बोर्ड बैठकले प्रतियोगिताको मिति तय गरेसँगै कर्णालीमा राष्ट्रिय खेलकुद आयोजना गर्ने तयारीले थप गति लिनेछ । प्रतियोगिता निर्धारित मितिमै सम्पन्न गर्न आवश्यक तयारीलाई तीव्रता दिइने उनले बताए ।
कर्णालीमा पहिलोपटक राष्ट्रियस्तरको ठूलो खेलकुद प्रतियोगिता आयोजना हुन लागेकाले यसलाई प्रदेशको खेलकुद विकासका लागि महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ । प्रतियोगिताले कर्णालीका खेलाडीलाई राष्ट्रियस्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै प्रदेशमा खेलकुद पूर्वाधार विकास र खेल पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले प्रतियोगितालाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न सम्बन्धित निकायसँग समन्वय गरेर तयारी अघि बढाउने जनाएको छ ।
यसअघि विभिन्न कारणले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाको मिति अन्योलमा पर्दै आएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
प्रतिकृया दिनुहोस