खेल

वेगनासतालमा प्रथम ड्रागन बोट रेस प्रतियोगिता हुने

लेखनाथ ।कास्की जिल्लाको लेखनाथ स्थित बेगनास ताल किनारामा प्रथम राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता हुने भएको छ ।

पानीमा खेलिने विभिन्न प्रकारका खेलहरु मध्ये ड्रागन बोट रेस कास्कीको लेखनाथमा हुन लागेको हो ।  गत वर्ष पोखराको फेवातालमा भएको  पहिलो पटक अन्तराष्ट्रिय स्तरको ड्रागन वोट रेस भने यस वर्ष राष्ट्रिय स्तरको रुपमा कास्कीको दोस्रो ठुलो वेगनासतालमा आगामी चैत्र ११ र १२ गते हुने भएको छ ।

आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गरी ड्रागन बोट एसोसियसन गण्डकी प्रदेश, पोखरा महानगरपालिका र होटल तथा रेष्टुरेण्ट एसोसियसन लेखनाथको संयुत्त आयोजना र पर्यटन बोडको प्रवद्र्धनमा ड्रागन बोट रेस प्रतियोगिता हुन लागेको मंगलवार लेखनाथमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

बेगनासतालको पिप्ले टुडा देखि मन्दरे पार्क सम्मको दुरीमा हुने प्रतियोगितामा करिव १६ समुहको सहभागीता रहन अनुमान गरिएको छ । प्रतियोगितामा पाँच सय र दुई सय मिटर गरि दुई समुहका खेल हुने जनाइएको छ ।

प्रतियोगितामा पाँच सय मिटरमा प्रथम हुनेले दुई लाख, द्धितीय हुनेले एक लाख ५० हजार र तृतीय हुनेलाई ७५ हजार र दुई सय मिटरमा प्रथम हुनेलाई एक लाख द्धितीयलाई ५० हजार र तृतीयलार्ई रु. २५ हजार पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयोजक होटल तथा रेष्टुरेण्ट एसोसियसन लेखनाथका अध्यक्ष विरभद्र कंडेलले जानकारी दिएका छन् ।

फागु पुर्णीमाको अवसर पारेर वेगनासताल बाध किनारमा हुने राष्ट्रिय स्तरको डार्गन बोट दौड प्रतियोगितामा प्रदेश स्तरका टिमहरुको सहभागीता रहेन छ ।

छिमेकी देश चिनबाट सुरु भएको यस प्रकारको प्रतियोगीता अहिले विश्वका ७५ देशमा संचालन हुदै आएको छ । ड्रागन आकारको डुङ्मा १२ जनाको समुहले डुङ्गा चलाउने र जुन समुहले निर्धारीत दुरी छोटो समयमा पार गर्छ उहि समुह विजयी हुने छन् ।

कार्यक्रममा नेपाल पर्यटन वोड गण्डकीका प्रमुख नविन पोखरेलले यहाँ रहेका सवै तालहरुमा कुनै न कुनै गतिविधी संचालन गर्नका लागि वेगनासताललाई रोजिएको र पानीमा पनि खेलका कार्यक्रम गरेर यस क्षेत्रको पर्यटन विकासमा जोड पुग्ने बताए ।

समितिको सदस्यहरुमा ड्रागन बोट एसोसियसनका अध्यक्ष दिपक सुवेदी र पोखरा महानगरपालिका पर्यटन प्रवद्धन समितिका संयोजक देवेन्द्र पौडेल रहेका छन् ।

 

 

विष्णुहरि पाैडेल

तपाईँको मत