आज दशैंको पाँचौ दिन, स्कन्दमाता भगवतीको पूजा गरिँदै
- गाउँ सहर डेस्क
- २ कार्तिक बिहीबार, २०८० | ०६:५९:०० मा प्रकाशित

काठमाडौं । आज दशैंको पाँचौ दिन स्कन्दमाता भगवतीको पूजाआजा गरी मनाईँदै छ। भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ।
चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गर्ने यिनी पद्मासन सहित सिंहमा सवार रहन्छिन।
नवदुर्गामा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ।
काठमाडौँका गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रयणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा पूजा गर्ने गरिन्छ।
काठमाडौँ बाहिर पोखराको बिन्ध्यवासिनी मन्दिर, धरानको दन्तकाली, भोजपुरको सिद्दकाली, ताप्लेजुङको पाथिभारा, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता र षखडा मन्दिरमा भक्तालुहरूको घुईंचो लाग्ने गर्दछ ।

गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- कस्ताे हाे रामराज्य ? कल्पना कि यथार्थ
- आज राम नवमी, श्रीरामबारेमा थाहा पाउनुहाेस् यी जानकारी
- स्वयम्भू महाचैत्य, कस्ताे देखिन्छ काठमाडाैं उपत्यका (थप तस्बिर भित्र)
- तुवाँलाे तथा वायु प्रदूषणले मानव मस्तिष्कमा असरदेखि क्यान्सरसम्म
- दक्षिण एसियाको सबैभन्दा खुसी देशको सूचीमा ‘हामी’
- चर्चामा पर्याे ‘खैराे सूची’ अर्थात् ग्रे लिस्ट, थप जानकारी के छन् तपाईंसँग ?
- अस्थिर सरकारी नीतिहरू : पुन: प्रदर्शनमा “हेलमेट काण्ड”- सास्ती नै सास्ती !
- महाशिवरात्रिमा जानाैँ शिवका ‘नौ नामका नौ कथा’
- महाशिवरात्रि: जीवनसाथीसँग पूजा–आराधना गर्दा आपसी माया बढ्छ
- महाशिवरात्रि शिव विवाह होइन, शिवलिंग प्रकट हुने दिन हो
प्रतिकृया दिनुहोस